काठमाडौँ । सुन्तलाको मुख्य सिजन सुरु भएसँगै काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजारमा सुन्तलाको कारोबार बढ्न थालेको छ । बजारमा नेपालका विभिन्न जिल्लाबाट ल्याइएका सुन्तला बिक्रीका लागि राखिएका छन् ।
कालीमाटी बजारमा गोरखा, तनहुँ, स्याङ्जा, कास्कीलगायत जिल्लाबाट सुन्तला भित्रिन थालेका हुन् । अहिले बजारमा सुन्तलाको आकार र गुणस्तरअनुसार मूल्य निर्धारण गरी बिक्री भइरहेको छ ।
व्यापारीका अनुसार हाल प्रतिढग (५ केजी) सुन्तलाको मूल्य ३५० रुपैयाँदेखि ५५० रुपैयाँ ६ सय रुपैयाँसम्म रहेको छ । ठूला आकारका र गुणस्तरीय सुन्तलाको मूल्य तुलनात्मक रूपमा बढी पर्ने गरेको छ ।
सिजनको सुरुवातसँगै बजारमा सुन्तलाको उपलब्धता बढ्न थालेको छ । आगामी दिनमा उत्पादन हुने जिल्लाबाट थप सुन्तला बजारमा भित्रिने र आपूर्ति बढ्दै जाने व्यापारीहरूको अपेक्षा छ ।
सुन्तलाको उत्पादन र बजारमा आपूर्ति बढेसँगै आगामी दिनमा कारोबार थप विस्तार हुने उनीहरूले बताएका छन् । बाँकि तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्