
जुम्ला – जुम्लामा अर्काको नाममा परीक्षा दिँदै गरेका चार परीक्षार्थीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले कालोसूचीमा राखेको छ ।
शनिबार चन्दननाथ उमावि जुम्लामा भएको एचए सङ्कायको परीक्षामा चार परीक्षार्थीले अर्कैको सट्टामा परीक्षा दिइरहेको भेटिएको प्रतिष्ठानका डिन गायत्री राईले बताए। “गतवर्ष झैँ यसवर्ष पनि गलत हर्कत गर्न खोज्ने चारै परीक्षार्थीलाई नियन्त्रणमा लिएर उनीहरुको परीक्षा रद्ध गरेका छौँ र दुई वर्षसम्म परीक्षा दिन नपाउनेगरी कालोसूचीमा राख्ने निर्णय भएको छ” – डिन राईले भने। उनका अनुसार एकजना महिला परीक्षार्थीले दिएको परीक्षामा शङ्का लागेर नागरिकता लिन पठाउँदा उनी नफर्केकाले सो उत्तरपुस्तिका पेन्डिङमा राखिएको छ ।
एचएको परीक्षामा नेपालगन्ज र जुम्ला गरी २३७ जना परीक्षार्थी सामेल भएको केन्द्राध्यक्ष टङ्कबहादुर महतले जानकारी दिए । शनिबार नै स्टाफ नर्सको परीक्षा पनि सम्पन्न गरिएको छ । उक्त परीक्षामा ११३ जना परीक्षार्थी सामेल भएको केन्द्राध्यक्षले बताए ।
गतवर्षको एचए परीक्षाका कारण ठूलो समस्या निम्तिएकाले यसवर्ष संवेदनशीलता अपनाएर व्यवस्थित एवम् मर्यादित ढङ्गले परीक्षा सञ्चालन गरिएको उनको भनाइ छ । ओएमआर मेसिन जुम्ला नआइसकेकाले चेकजाँचका लागि शनिबार नै सडक मार्गबाट उत्तरपुस्तिका काठमाडौँ लगिएको प्रतिष्ठान जुम्लाले जनाएको छ ।
- दियो पोस्ट
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्