
- सुष्मा केसी
एनसेल – नेपाल लै लागि । सुनिएकै हो। जनताले एनसेल लुट्नकै लागिभनिदिएपछी अव त एनसेलले त्यो नारा पनि हटाएछ क्यार, नयाँ लोगो आएदेखि सुनिएको छैन । नेपालको नियम मिच्ने, जनता ठग्ने अनि नेपाललाइ बेला बेलामा सहयोगको नाटक गर्ने तर विपत्ति पर्दा वास्ता नगर्ने एनसेल अहिले देशभरका मिडियादेखि नेताहरुलाइ सम्म आफ्नो हातमा लिएर मस्ती मारिरहेको छ नेपालमा ।
सन्दर्भ एनसेलले दिएको बोनस । आफ्नो ब्राण्ड परिवर्तन भएको बाहानामा एनसेलले यतिसम्म बोनस दिएको छ कि मानौं जोडीहरुलाइ, पैसाका कारण कम कुरा गर्नेहरुलाई अहिले दशैंनै आएको छ । तर यति धेरै बोनस दिने एनसेल जनतालाइ विपत्ति पर्दा कहाँ थियो ?
जनता भूकम्पको मारमा परेका बेला, भाइबर लगायत अन्तराष्ट्रिय कम्पनीहरुले समेत निशुल्क सेवा दिएका बेला, नेपाल टेलिकमले फ्री कल दिएका बेला त्यहि एनसेल कुन कुनामा थियो । छोराहरुले आमालाई फोन गर्न पाएनन् । अनि आमाहरुले छोरालाई । बरु टावर दिष्टर्ब भयो तर एनसेलले फ्रीकल दिएन ।
सबैलाई थाहा छ पछी करोडौं रुपैयाँ एनसेलले भूकम्पपिडितलाइ सहयोग गर्ने भन्दै गर्यो। तर त्यो सहयोग थिएन, कर कम तिर्ने बाहाना मात्र थियो । हिजो मात्र एनसेलले भव्य जाँडपार्टी गर्यो आफ्नो ब्राण्ड परिवर्तन गरेको भन्दै । तर जनतालाई परेको बेला जनताले नपाएको एनसेलको साथलाइ सम्झने हो भने एनसेलको यो खोक्रो खुसीयाली आखिर के का लागि !
अहिले पनि भन्न कुनै पनि लाज मान्नु पर्ने स्थिति छैन , एनसेल नेपालीहरुका लागि कहिले पनि रहेन । कि देशको नियम मिच्न रह्यो कि जनतालाई ठग्न रह्यो एनसेल । अहँ एनसेल, नेपालकै लागि कहिले पनि रहेन।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्