Skip to content
LAXMI SUNRISE BANK

नेप्सेमा दोहोरो अंकको गिरावट जारी, निराश नहुन आग्रह

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको तेस्रो दिन मंगलबार पनि बजार परिसूचक नेप्सेमा गिरावट आएको छ । आज कारोबारमा आएका सूचक मध्ये उत्पादन समुह बाहेक  बाँकी सबै सूचक घटेका छन् । १८.९४  अंकले घटेको नेप्से १८२६.४७  अंकमा रोकिएको छ ।

 मंगलबार जम्मा  १ सय ३९ कम्पनीका ३२   लाख ९८   हजार कित्ता शेयर बिक्रिबाट १ अर्ब ४२ करोड बराबरको कारोबार भएको छ । जसमा प्राइम कर्मसियल बनकोको मात्र १९ करोड बराबरको कारोबार भएको छ  । अन्य बढी कारोबार हुने कम्पनीहरुमा सिद्दार्थ बैंक लिमिटेड  ,  नेपाल बैंक लिमिटेड, नेपाल बंगलादेश बैंक, अग्रिकल्चर डेभलपमेन्ट बैंक रहेका छन्   छन् ।
 मंगलबारको कारोबारमा बढी कमाउनेमा ललितपुर फाइनान्स लिमिटेड, बोटलर्स नेपाल (तराई ) लिमिटेड, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, लक्ष्मी भ्यालु फण्ड १, साझा विकास बैंकका लगानीकर्ता रहेका छन्  । त्यस्तै गुमाउनेमा प्रोगेसिभ फाइनान्स लिमिटेड, लुम्बिनी फाइनान्स लिमिटेड, सुर्य लाइफ इन्स्युरेन्स कम्पनी लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड, ऐनआईडिसी क्यापिटल मार्केट्स लिमिटेडका लगानीकर्ता रहेका छन्  । 
बजेट केहि दिन अघि देखि घटिरहेको भएपनि यसलाई सामान्य मानिएको छ । नाफा कमाएका लगानीकर्ताहरु नाफा सुरक्षित गर्न तथा हकप्रदका लागी रकम जुटाउन लाग्दा बजार घटेकाले केहि समय निराश नभई बस्न विश्लेषक हरुले आग्रह गरेका छन्  । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK