×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेवि संघको कथा, आफ्नै ब्यथा !

PRIME CA

नेवि संघको कथा, आफ्नै ब्यथा !

२५ श्रावण २०७३, मंगलवार

पढ्न लाग्ने समय: < २ मिनेट

  • नीलकण्ठ शर्मा 

बि पि कोइरालाको दुई कृतिहरु “आफ्नो कथा, हिटलर र यहुदी” भर्खरै बनारसबाट प्रकाशित भएका थिए । नेपालमा यी दुबै पुस्तकहरु प्रतिबन्ध थिए ।
ने बि संघको चौथो अधिबेशन सन्चाल्न हुनु भन्दा पहिले यी पुस्तकहरु जसरी पनि काठमाडौं भित्र्याउनु पर्ने कांग्रेस पार्टीको नीति थियो ।
पार्टीहरु सबै प्रतिबन्धित थिए । कांग्रेसको नाम नै प्र ने का अर्थात प्रतिबन्धित नेपाली कांग्रेस थियो ।
बनारसबाट भैरहवा स्थित मैले पढ्ने पक्लिहवा क्याम्पस हुँदै यी पुस्तक प्रशासनको आँखा छलेर नेपाल भित्याउने नीति बनेछ । जिल्लाका कांग्रेस सचीव रामकृष्ण ताम्राकार (पुर्ब मन्त्री) ले म लगायत ४ जना साथीहरू लाई भैरहवा आफ्नो घरमा बोलाएर यी पुस्तक नेपाल ल्याउने जिम्मा दिए ।
हामीले कलेजको नजिकैको डण्डा खोलामा राती डुङ्गा चलाएर र  सिमानामा लाग्ने बुधबारे हाटको दिन तरकारी र खाद्यान्न सग बोरामा लुकाएर १५ दिन जतिमा यी पुस्तक होस्टलको आफ्नो कोठा हुँदै रामकृष्ण ताम्राकारको घर पुर्यायौ ।
यो कुरा स्थानीय मण्डलेहरु मार्फत तत्कालीन मण्डलेका नाइके दिपक बोहरा हुदै प्रशासन सग पुग्यो । अनि त्यसको नतिजा हामी पुलिसको पाहुना हुन पुग्यौ । 
त्यो बेलाको पुलिस …..हामी राजनीति पार्टीको काम गर्ने, अ. त.
उमेरले हामी दुधे बालक !
अरु त के लेख्नु ? बयान गर्ने शव्द नै छैन ।
त्यो घटना पछि पनि दिपक बोहराले भैरहवा स्थित आफ्नो घरमा नै बोलाएर पनि हामीलाई अनेकौं पटक डर त्रास र धम्की दिए ।
म ने बि संघको चौथो महाधिवेशनमा सहभागी हुन काठमाडौं आए ।
बि पि का पुस्तक हामी भन्दा पहिले नै काठमाडौं आइपुगेको थाह पाएर यो काम आफुहरुले गरेको भनेर सुनाउदा देशभरि बाट आएका साथीहरूको अगाडि सान नै कति ठूलो !
काठमाडौंको बनकालीको धर्मशालामा रात बितायौ । भोलिपल्ट कार्यक्रम त्यही हुने तय थियो । एकाबिहानै मण्डले हरुको जत्था र पुलिसहरु आएर राती बनाएको मन्च तोडे । दर्जनौं विद्यार्थी नेताहरु पक्राउ परे । 
मैले चन्द्र शमशेर राणाको पालाको बेतको २-४ लौरो खाए । दाहिने हातको कुहिनामा अझै सुनिएको मुस्लो छ । 
हाम्रो भागाभाग र बिचल्ली भयो । कैयौं साथिहरु घाइते र अपांग भए ।
पछि हामीले बलवहादुर के सि अध्यक्ष र प्रकाश शरण महत महामन्त्री भएको कुरा थाह पायौ ।
अनेक यातना पाएर उतै अर्थात मण्डले नेता दिपक बोहराको कर्मथलो भैरहवा नै लागे । उनको दबाब र धम्की निरन्तर खाइयो । कहिले उनका चेला चपेटा होस्टलमा आएर पिट्थे । प्रतिकुल हुदा हामी भागेर भारतीय सिमा नौतुनवा जान्थ्यौ । 
पछि अखिलका साथीहरू सग भद्र सहमति गरि मण्डलेको प्रतिकार पनि गर्यौ ।
आज ने बि संघको ११ औ महाधिवेशन चल्दैछ । लोकतन्त्र र प्रजातन्त्रको जननी हु भन्ने कांग्रेस पार्टीको सभापति शेरबहादुर देउवा छन । उनी ने बि संघको पुर्ब अध्यक्ष समेत हुन ।
आज उनै देउवाको हैकम भएको बेला “उनै मण्डले दिपक बोहरा” पुन मन्त्री भएछन ।
आखिर लोकतन्त्रमा कसैको हार हुदैन भनेको यहि त होला !
(अहिले म सामाजिक अभियानमा सकृय छु । हालका माननीय मन्त्री दिपक बोहरा प्रती र अन्य कुनै पनि पात्रसग मेरो कुनै रिस राग र पुर्बाग्रह छैन । एउटा प्रसङ्गले कुरा उठाएको मात्र हु)
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: