×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टिप्पणी : नौ महिनाका लागि प्रचण्डको गर्वाधारण, केहि खास जन्मने वाला छैन !

PRIME CA

टिप्पणी : नौ महिनाका लागि प्रचण्डको गर्वाधारण, केहि खास जन्मने वाला छैन !

१९ श्रावण २०७३, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट


  • सुरज ‘अविरल’ 

जनताको खुब आश गरिएका तर जनताले केहि नापएका वा जनताले पाउने गरी केहि नगरेका हालका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । कुनै बेला बन्दुकको नालबाट सत्ता कब्जा गर्ने दीवा सपना देखेर संसदीय व्यवस्था मान्दिन भन्ने प्रचण्डलाई  त्यहि व्यवस्थापिका संसद्ले वहुमतका आधारमा मुलुकको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित गरेको छ । दश वर्ष सशस्त्र युद्ध गरेको पार्टीका अध्यक्ष दाहाल सबैभन्दा ठूलो दल नेपाली काँग्रेस र मधेशवादी दलहरुको सहयोगमा दोस्रोपटक उनी सिर्फ ९ महिनाकाका लागि प्रधानमन्त्री भएका हुन् ।
व्यवस्थापिका संसद्मा बुधबार भएको निर्वाचनमा दाहालले ३ सय ६३ मत ल्याएका थिए । संसद् बैठकमा बुधबार ५ सय ७३ जना सांसद् उपस्थित भएकामा ३ सय ६३ जनाले दाहाललाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा भोट खसाले । २ सय १० जना सांसद्ले भने प्रस्तावको विपक्षमा मतदान गरे ।
यो सबै भयो त के भयो ? अब के ९ महिनामा देशले निकाश पाउँछ ? देशले ९ महिनामा के नै पाउला र ? आज सबैले देखे, सभामुख घर्तीले निर्वाचित भएको घोषणा गर्नासाथ सबैभन्दा पहिले नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले दाहाललाई बधाइ दिए । त्यसलगत्तै माओवादी केन्द्रका सांसद्हरुबीच खादा लगाइदिन प्रतिस्पर्धा चल्यो । पक्ष र विपक्षमा भोट हालेका सबैजसो सांसद्हरुले दाहाललाई वधाइ दिए । आखिर यो बधाई के का लागि ? के गर्छन् र प्रचण्डले यो ९ महिनामा ?
प्रधानमन्त्रीको दौडमा दाहाल एक्लो उम्मेद्वार थिए । खाली पोष्टमा गोल हानेजस्तै ।  एक्लो उम्मेद्वार भए पनि निर्विरोध नहुने व्यवस्थाका कारण व्यवस्थापिका संसद्मा बुधबार मतदान भएको हो । निर्वाचनमा दाहाललाई नेपाली काँग्रेस, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक, संघीय समाजवादी फोरम नेपाल, राप्रपा, तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, नेकपा संयुक्त लगायतका दलका सांसद्ले भोट दिए । संसद्को दोस्रो ठूलो दल नेकपा एमाले, चौंथो ठूलो दल राप्रपा नेपाल र केही साना दलले भने दाहालको विपक्षमा भोट खसाले ।
यी सब कुरा हेरेर पनि अहँ केहि हुनेवाला छैन । बस् प्रचण्डले ९ महिनाका लागि गर्वाधारण गरे । खास जन्मनेवाला केहि छैन ।   
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: