Skip to content
LAXMI SUNRISE BANK

नेविसंघमा कर्णालीकै पहिलो महिला केन्द्रीय सदस्य

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता

जुम्ला – नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनले समिता शाहीलाई  कर्णालीबाट निर्वाचित हुने पहिलो केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित गरेको छ ।

 विद्यार्थी राजनीतिमा विगत २५ वर्षसम्म जुम्लाबाट कुनै पनि महिला वा पुरुष केन्द्रीय सदस्यमा नपुगेको अवस्थामा नेविसंघको ११ औं महाधिवेशनले उनलाई केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित गरेको जनाएको छ ।

सिंजाका नमजङ्ग हमाल र त्यसपछि नेपाली काँग्रेस जुम्लाका तत्कालीन सभापति भएका स्वर्गीय मानव सेजुवाल केन्द्रिय सदस्यमा निर्वाचित भएको २५ वर्षपछि शाहीलाई निर्वाचित भएकि छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK