
- अर्थ सरोकार सम्बाददाता
१५ लाखमा बन्ने एप्सलाइ सात करोड खर्च गराएर राम्रै कमिसन गोजीमा हालेको, एक सेकेन्ड भ्वाइस कल गरे वापत जनताको २५ रुपैयाँ लुटेर मोटाएको, टेलिकम भित्रको ठेकदारी काममा र्याल चुहाएर करोडौं झ्वाम पारेको लगायतका आरोप लागेका नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्य पुन : नेपाल टेलिकममा प्रबन्ध निर्देशक बन्ने दाउमा छन् ।
नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि १३ जनाले आवेदन दिएका छन् । नेपाल टेलिकम भित्रबाट नौ जना र बाहिरबाट चारजनाले आवेदन दिएको सञ्चार मन्त्रालयका सचिव दिनेशचन्द्र थपलियाले अर्थ सरोकार डटकमलाइ जानकारी दिए । आवेदन दिने अन्तिम दिन आइतबार एकैपटक १० जनाले आवेदन दिएको थपलियाको भनाइ थियो ।
आचार्यसहित कम्पनीका सचिव गोकर्णप्रसाद सिटौला, टेलिकमकी नायब प्रबन्ध निर्देशक कामिनी राजभण्डारी, मानव संसाधन विभागका प्रमुख रवीन्द्र झा, प्रबन्धकहरू मचुतानन्द वैद्य, सुनिलकुमार पोखरेल, प्रतिमा प्रधान, राजुबाबु अर्याल र गुणकेशरी प्रधानले आवेदन दिएका छन् ।
बाहिरबाट टेलिकमको प्रवन्ध निर्देशकका लागि दीपकराज जोशी, अनिलकुमार झा, मदन खरेल र नगेन्ऽ झाले पनि टेलिकम प्रमुखका लागि आवेदन दिएको सचिव थपलियाले बताए । हालका प्रबन्ध निर्देशक आचार्यको कार्यकाल आगामी भदौ २० मा सकिने भएकाले सरकारले नयाा प्रबन्ध निर्देशकका लागि आवेदन माग गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्