×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसेलको ‘लुट’ विरुद्ध लाग्ने भए युवा : गैरकानुनी धन्दा गरेको भन्दै ‘से नो टु एनसेल’ अभियान सुरु हुँदै

PRIME CA

एनसेलको ‘लुट’ विरुद्ध लाग्ने भए युवा : गैरकानुनी धन्दा गरेको भन्दै ‘से नो टु एनसेल’ अभियान सुरु हुँदै

३० श्रावण २०७३, आईतवार

पढ्न लाग्ने समय: < ३ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – एनसेलले जनता ठग्ने गरेको आरोप नौलो होइन । तर एनसेलले नेपालको कानुन मिचेर जनता ठग्दै आएको तथ्य बाहिरिसक्दा पनि एनसेलको यो गैरकानुनी धन्दाबारे अर्थ सरोकार डटकमबाहेक कोहि बोलेको छैन । नेपालका ठुला भनिएका मिडियाहरु एनसेलकै नुन खाएर बाँचेको तीतो तथ्यले पनि एनसेललगरिरहेको यो गैरकानुनी धन्दा मिडियामा आउनुपर्ने जति आइसकेको छैन । तर नेपाली कर्पोरेट क्षेत्रको बादशाह संस्था भनेर चिनिएको एनसेलले नेपालको कानुन पनि मिचेर ठगी धन्दा चलाईरहेको खुलासा भएको छ ।  सन्दर्भ : एनसेलले गरिरहेको वित्तीय कारोबारको हो । एनसेलले ‘एनसेल सापटी’ का नामामा वित्तीय कारोबार गरिरहेको छ जसलाई नेपालको कानुनले बर्जित गरेको छ ।  र हामी यस बिषयमा निरन्तर फलोअपमा छौं । 


युवाहरुले संचालन गर्दैछन् ‘से नो टु एनसेल’ अभियान 
नेपालमा कारोबार गर्ने, करोडौं फाइदा गर्ने तर नेपालमै बसेर गैर कानुनी धन्दा चलाउँदै नेपालीहरुलाई नै ठग्ने एनसेल विरुद्ध काठमाडौँमा रहेका केहि युवाहरुले संगठित नै भएर से नो टु एनसेल अभियान सुरु गर्ने भएका छन् । अर्थ सरोकारसंग कुराकानी गर्दै उक्त युवा समुहका एक सदस्य भन्छन्, ‘एनसेलले जनता ठग्ने गरेको भन्ने त पहिलादेखि नै सुनेको हो । तर नेपालमा भएको नियम कानुन मिचेर एनसेलले दादागिरी गरेको कुरा केहि सञ्चारमाध्यमबाट आएपछि हामीले यस्तो अभियान सुरु गर्न लागेका हौँ ।   
यस्तो छ बाफियाको व्यवस्था :
नेपालको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (फाफिया)  २०६३ को दफा २८ अनुसार वित्तीय संस्था बाहेक अन्य कुनै पनि संस्थाले वित्तीय कारोबार गर्न पाउने व्यवस्था छैन । वाफियामा स्पष्टसँग वित्तीय संस्था बाहेक अन्य कुनै पनि संस्थाले वित्तीय कारोबार गर्ने नपाउने उल्लेख गरेको भएपनि एनसेलले भने उक्त नियमलाई मिच्दै वित्तीय कारोबार गरिरहेको छ । एनसेलले ‘एनसेल सापटी’ का नाममा ऋण दिने र त्यसको चर्को ब्याज असुली गरी जनता ठग्ने गरेको छ ।  
कम्पनी ऐन पनि मान्दैन एनसेल 
कम्पनी ऐन, २०६३ अनुसार प्राईभेट कम्पनीहरुले राष्ट्र बैंकसँग स्विकृति लिएर पनि वित्तीय कारोबार गर्न नपाउने स्पष्ट गरेको छ  । अन्यथा यस्तो कारोबार गरेको थाहा भएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ को दफा २८ अनुसार गैरकानुनी हुन जान्छ । तर त्यहि कम्पनी ऐन अनुसार दर्ता भएको कम्पनीले पावर र पैसाका भरमा कानुन मिचीरहँदा पनि कसैले कारवाही गरेको छैन । एनसेलले ४ वर्षदेखि यस्तो गैरकानुनी धन्दा गरिरहेको छ । 
एनसेलले गरिरहेछ कर्पोरेट अपराध ! 
नेपालका विद्यामान कानुन हेर्ने हो भने पनि एनसेलले कर्पोरेट अपराध गरिरहेको छ । नेपालको कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ को दफा ३ को नाफाखोरी शीर्षक अन्तर्गतको उपदफा १ मा भनिएको छ, ‘मोल निर्धारित भएकोमा बाहेक नेपाल सरकारले तोकेको कुनै माल वस्तुको व्यापार गर्ने व्यक्तिले माल वस्तु र व्यापारको प्रचलन अनुसार सामान्य भन्दा बढी मुनाफा लिएको अवस्थामा वा अभावमा लाभ उठाई सो माल बस्तुको अनुचित नाफा लिई बिक्री गरेमा निजलाई ५ वर्षसम्म कैद वा जरिवाना वा दुवै सजाय हुन सक्नेछ, ।’ तर एनसेलले यो ऐनको भावना विपरित काम गरी कर्पोरेट अपराध गरिरहेको छ। 

एनसेल सापाटीका नाममा यसरी हुन्छ ठगी :
एनसेलले  रु. दुई भन्दा कम भएमा रु. २० रुपैयाँ सापटी लिन पाउने व्यवस्था गर्‍यो । एनसेलकै भाषामा ‘सापाटी’ पछि रु. १०० रिचार्ज गरेको खंदामा एनसेलले रु. २० सहित २२ रुपैयाँ ४८ पैसा र रु. एक सय अन्तर्गतको कर एक रुपैयाँ ९६ पैसा सहित जम्मा चार रुपैयाँ चौवालीस पैसा  काटिदिन्छ । यसरी सापटी रु. २० र रु. १०० अन्तर्गतको करबापत एक रुपैयाँ ९६ पैसा सहित २ रुपैयाँ ४८ पैसा पनि तपाईंको रिचार्जबाट कट्टा हुन्छ । यसरी सरासर हेर्दा पनि २ रुपैयाँ ४८ पैसा एनसेलले ठग्छ ।

‘ऋण वा सापटी ?’
सापटीलाई नेपाली चलनचल्तिको भाषामा ‘जति लियो त्यति मात्रै फिर्ता गर्ने’ भनिन्छ । मुलुकी ऐनको ‘लेनदेन ब्यबहारको महल’मा ‘ब्याज उल्लेख नगरेको भए साँवा मात्रै भराई दिनु’ भनेर उल्लेख गरिएको छ । तर, एनसेलले त ब्याज मात्रै होईन साहू महाजनले पहिले लिँदै आएको ‘चक्रबृद्धि ब्याज’ भन्दा चर्को ब्याज लिइरहेको छ, जसले यो ऋण नै हो सापटी होइन भन्ने सपष्ट गर्छ ।


३६५० % ब्याज !
एनसेलको सापटी स्किम अनुसार उसैकै भासामा रु २० सापटी लिएको खण्डमा  ८ मिनेट २० सेकेन्डमै कर बाहेक २ रुपैयाँ ४८ पैसा हुन आउँछ । सरसर्ती हिसाव गर्ने हो भने एनसेलले ३६५० % ब्याज लिने गरेको छ ।   यो त ब्याज लिनेको पनि हद भएन र ?
कति ठग्यो होला त एनसेलले ?
एनसेलले एउटा ग्राहकसँग ८ मिनेट भित्रै २ रुपैयाँ ४८ पैसा ठगी गरिरहेको छ । एनसेलकै पटक पटक प्रकाशित हुने बिज्ञप्तिमा उसले आफ्ना प्रयोगकर्ता करिव एक करोड चालिस लाख रहेको दावी गर्दै आएको छ । यसरी जनताबाट करोडौं रुपैयाँ ठगी गरेपनि एनसेललाइ अझैसम्म कसैले छुन सकेको छैन । 
बोल्न चाहेन एनसेल :
यस बिषयमा बुझ्न अर्थ सरोकार डटकमले एनसेलमा सम्पर्क गरेको थियो । तर यस बिषयमा सोद्धा त्यहाँका कर्मचारीले आफुले यस बिषयमा बोल्न नहुने बताए । सुचना अधिकारीको नम्बर माग्दा उनले भने, ‘नम्बर दिन मिल्दैन ।’   
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: