
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल । तर एयरपोर्टभित्र ठूलो घोटाला हुने गरेका तथ्यहरु एकपछी अर्को हुँदै सार्वजनिक हुन थालेका छन् । यसअघि पनि विभिन्न काममा ठुलो आर्थिक चलखेल गरेर विभिन्न काम आफु निकटका कम्पनीहरुलाइ दिने गरेको खबर सार्वजनिक भएको थियो । एयरपोर्टका प्रबन्धक समेत रहेका देवानन्द उपाध्यायले आफु निकटको महावीरश्री इन्टरनेशनललाइ काम दिने गरेको र त्यसवापत मोटो रकम चलखेल हुने गरेको आरोप सहित अख्तियारमा उजुरी परेको छ भने यसबारे छानविन गरी पाउँ भनी सार्वजनिक लेखा समितिमा समेत उजुरी परेको छ ।
भएको के हो ?
अखित्यारमा परेको उजुरी अनुसार, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्ययन कार्यालय, गौचर, काठमाडौँले मिति २०७२ -०५ -२३ गते आह्वान गरेको टेन्डर The Supply, Delivery, Installation, Testing Including Upgrading of Existing Air Condition System of ITB in TIA मा मा प्राविधिक साथै आर्थिक न्यूनतम मुल्यमा आएको कम्पनीहरुलाई पन्छाउदै माहाबीरश्री इन्टरनेशनल प्रा. ली. लाई मिलिमतोमा अवार्ड गरी ठुलो रकम चलखेल गरिएको छ ।
‘अवार्ड गरिएको कम्पनीको नेपालमा कहिलेपनि एयर कन्डिसन सम्बन्धी कार्य नगरेको र हाल माहावीरश्री इन्टरनेशनल प्रा. ली. सगँ १ जना पनि एयर कन्डिसन सम्बन्धी जानकार कर्मचारी नरहेको, जवकी नेपाल अन्तराष्ट्रिय विमानस्थल जस्तो देशको प्रतिष्ठा रहेको स्थानमा २४ घण्टा सेवा दिने खालको कम्पनी चाहिन्छ र जुन नेपालमै काम गर्ने कम्पनीहरु सम्पूर्ण रुपले सक्षम छन् ।’ उजुरीमा जनाइएको छ ।
उजुरीमा अरु के छ ?
उजुरीमा अगाडी लेखिएको छ ‘टेन्डरमा समावेश गरीएको सम्पूर्ण विवरणहरु झुठो भएको र सबै विवरण महावीरश्रीको कार्यालयमा नै बनाएको समेत उजुरीकर्ताको आरोप छ । महावीरश्रीका शिवप्रकाश खेम्का र त्यस कार्यालयका मेकानिक शाखाका कुलप्रसाद सिम्खडा र प्रभा शर्मा भित्रि रुपमा साझेदार का रुपमा कार्य गरी रहेको उनीहरुको बाहिर गएको पासपोर्टको छायाँप्रति हेर्दा थाहा हुन्छ ।’
साना तिना कुराहरुलाई जसले प्राविधिक र आर्थिक प्रभाव नपर्ने कुरालाई आधार बनाई विश्वको नं. १ ब्राण्ड Carrier / Trane जस्ता कम्पनीलाई फाली चाइनिज नचलेको ब्राण्डलाई एयरपोर्ट जस्तो सम्वेदनशिल स्थानमा आथिक चलखेल गरी दिइएको समेत उजुरीकर्ताको आरोप छ । यस काममा रि टेन्डर गरिए १ करोड भन्दा कम मुल्यमा दिन सकिने र सरकारलाई पनि १ करोड सस्तो पर्ने समेत उजुरेमा उल्लेख गरिएको छ ।
साथै उजुरीमा महावीर इन्टरनेशनल र यसका मतियारहरु भन्दै विमानस्थलका प्रबन्धक देवानन्द उपाध्याय,पेकानिकल साखा प्रमुख कुलप्रसाद सिम्खडा, मेकानिकल साखाका प्रभा शर्मा ढकाल, खरिद प्रमुख राजेन्द्र पौडेललाइ कारवाहीको माग समेत गरिएको छ । साथै सोहि विवरणको उजुरी सार्वजनिक लेखा समितिमा समेत पठाइएको छ ।
के भन्छन् महावीर श्रीका प्रतिनिधि र एयरपोर्टका प्रबन्धक ?
यसबारे बुझ्दा एयरपोर्टका प्रबन्धक देवानन्द उपाध्यायले आर्थिक रुपमा मात्र टेन्डरको निर्णय नहुने बताएका छन् । ‘टेन्डर भनेको आर्थिक कुरा मात्र हेरिने होइन । यसमा धेरै कुरा हेरिन्छ ।’ उनले भने । यसबारे बुझ्न हामीले महावीरश्री इन्टरनेशनललाई सम्पर्क गरेका थियौं । उनले आफु हाल विदेशमा रहेको र यसबारे पछी कुरा गर्ने भन्दै फोन राखे ।
यो पनि पढ्नुहोस् :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्