×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महाप्रवन्धक देवानन्द उपाध्यायमाथि अख्तियारले सुरु गर्यो छानबिन, खरिद प्रक्रियामा संग्लग्न सबैमाथि छानविन गरिने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

महाप्रवन्धक देवानन्द उपाध्यायमाथि अख्तियारले सुरु गर्यो छानबिन, खरिद प्रक्रियामा संग्लग्न सबैमाथि छानविन गरिने !

Artha Sarokar

३० असार २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं- त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायले लुट मच्चाईरहेको खबर अर्थ सरोकार डटकमले सार्वजनिक गरेपछि उनीमाथि परेको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु गरेको छ ।
एयरपोर्टमा विभिन्न घोटाला गरेको आरोप लागेका उपाध्यायले त्रिभुवन विमानस्थलको ईन्टरनेशल टर्मिनल स्थित वेटिङ रुम लगायतका स्थानका लागि एसी खरिद गर्न भन्दै आह्वान गरिएको टेण्डर प्रक्रियामा  अनियमितता गरेको भन्दै उजुरी परेपछी अख्तियारले यस बिषयमा छानविन सुरु गरेको हो ।
‘हामीले उपाध्याय सहितका केही अधिकारीमाथि छानविन सुरु गरेका छौं । खरिद प्रक्रियामा संलग्नहरुलाई हामी अनुसन्धानको दायरामा ल्याउँछौं ।’ अख्तियार प्रवक्ता कृष्णहरी पुष्करले भने ।
‘बढी मुल्यको टेण्डर स्वीकृत गर्ने देवानन्द उपाध्याय सहित मेकानिकल शाखा प्रमुख कुलप्रसाद सिंखडा, मेकानिकल शाखाकी प्रभा शर्मा ढकाल तथा खरिद प्रमुख राजेन्द्र पौडेलमाथी छानविन शुरु गरिएको छ ।’ अख्तियार स्रोतले भन्यो । कमिसन लिएर काम गर्ने गरेको भन्दै देवानन्द उपाध्याय सहितका केहीलाई अख्तियारमा उजुरी परेको छ । 
उक्त टेन्डरमा महँगो शुल्क भएको महाविरश्री ईन्टरनेशनल प्रा.लि लाई छनोट गरिएको थियो । यता देवानन्द उपाध्यायले भने शुल्क मात्रै टेन्डर प्रक्रियाको नतिजा ल्याउने कुरा नभएको दावी गर्दै आएका छन् ।

छुट्यो  कि !

विमानस्थलमा हुने तस्करीमा महाप्रबन्धककै सेटिङ, लगेज चोरीमा कर्मचारीनै संग्लग्न ! 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी