×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बन्द हुन लागेकै हो त बससेवा डटकम ? अख्तियारमा उजुरी परेपछि यातायात व्यवस्था विभागमा यस्तो हङ्गामा !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

बन्द हुन लागेकै हो त बससेवा डटकम ? अख्तियारमा उजुरी परेपछि यातायात व्यवस्था विभागमा यस्तो हङ्गामा !

१७ भाद्र २०७३, शुक्रबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ – बससेवा डटकम नामक अनलाइन संचालन गरी दियालो टेक्नोलोजिज प्रालि नामक कम्पनीले यातायात व्यवस्था विभागले तोकेको भन्दा बढी रकम लिएर टिकेट काटेको भन्दै अर्थ सरोकार डटकमले समाचार सार्वजनिक गरेपछि उक्त अनलाइन बन्द गराउन र उक्त अनलाइन संचालन गर्ने कम्पनीलाइ कारवाहीको प्रक्रिया अगाडी बढाउने तयारी सरकारले गरेको जानकारी यातायात व्यवस्था विभागकै एक कर्मचारीले बताएका छन्  । 

अनलाइन बन्द गराउने वा नगराउने भन्ने ब्सिहयामा विभागभित्रै चर्को विवाद भएको बताउँदै आफ्नो नाम उल्लेख नगर्ने सर्तमा उनले भने, ‘अखितियारमा समेत उजुरी परेपछि उक्त अनलाइनलाइ बन्द गराउने प्रक्रिया अगाडी बढाईने भएको छ । यातायात व्यवस्था विभागमा नै यस सम्बन्धि बहस चलेको छ । अनलाइन निकट रहेका विभागका केहि कर्मचारीहरु उक्त अनलाइनलाइ बन्द नगराउन लवीङ गरीरहेका छन् । तर अख्तियारमा उजुरी पर्नु, मिडियामा लगातार समाचार आउनु, र दशैं नजिकिंदै गर्दा अनलाइनसंग मिलेर जनता ठग्ने काममा बिभागकै कर्मचारी लागेको भन्ने आरोप लागेपछि विभागलाइ उक्त अनलाइन बन्द गराउन दवाव परेको हो ।’
कालोबजारी अन्तर्गत मुद्धा समेत लगाउने तयारी ! :
साथै उक्त अनलाइनलाइ साइबर अपराध, कालोबजारी लगायतका मुद्धा लगाउने समेत तयारी भइरहेको समेत उनको दावी छ । उनी भन्छन् , ‘कालोबजारी ऐन अन्तर्गत कारवाही गर्ने वा साइबर क्राइम लगाउने भन्ने बिषयमा विभागभित्रै स्पष्ट धारणा बनेको छैन । कर्मचारीको एउटा गुट नै अनलाइन बन्द गराउन नहुने भन्दै कुर्लिएपछी  विभागकै केहि कर्मचारीहरुले अनलाइनका संचालकलाइ कुरा मिलाइदिने भन्दै मोटो रकम घुस लिएको चर्चा विभागभित्रै चल्न थालेको छ । यता यस्तो हल्ला चल्न थालेपछि नैतिक रुपमा पनि जनता ठग्ने अनलाइनलाइ कुनै पनि हालतमा बन्द गराउनु पर्ने आवाज विभागभित्रै उठेको छ । ‘  
विभागकै कर्माचारीमाथि ठडियो औंला ! :
बससेवा डटकम नामक अनलाइनले गरीरहेको गैरकानुनी धन्दामा विभागकै कर्मचारीहरुले साथ दिएको भन्दै केहि विभागका कर्मचारीबारे विभागभित्रै बहस सुरु भएको छ । ‘विभिन्न यातायात व्यवसायीसंग मिलेर बससेवा डटकम नामक अनलाइन मार्फत गैरकानुनी धन्दा गरिरहेको भन्दै विभागका केहि कर्मचारीहरुमाथि औंला ठडीएपछी विभागभित्रै यो विषय चर्चाको विषय बनेको छ ।

यातायात व्यवस्था विभागका सुचना अधिकृतले फोन उठाएनन् :
यस बिषयमा यातायात व्यवस्था विभागका सुचना अधिकृत बसन्त अधिकारीसंग अर्थ सरोकार डटकमले कुरा बुझ्न खोज्दा उनले फोन नै उठाएनन् । यसअघि अर्थ सरोकार डटकमसंग कुराकानी गर्दै उनले विभागले तोकेको शुल्क भन्दा बढी शुल्क लिनु गैरकानुनी भएको स्पष्ट पारेका थिए । सरकारले उक्त अनलाइन बन्द गराउने प्रक्रिया अगाडी बढाएको खबर आउनु, त्यहाँकै कर्मचारीहरुको मिलेमतोमा यस्तो गैरकानुनी काम भएको भन्ने आरोप लाग्नु र सुचना अधिकृतले कार्यालय समयमा फोन नउठाउनुलै पनि अर्थपूर्ण रुपमा हेरिएको छ ।
अनलाइनका कर्मचारी यसो भन्छन् :
अनलाइन बन्द हुन् लागेको भन्ने कुरा के हो भन्ने अर्थ सरोकारको प्रश्नमा अनलाइनका कर्मचारी तुलसी बोगटीले आफुलाई यस बिषयमा केहि पनि थाहा नभएको बताएकी छिन । ‘म त यहाँको नयाँ स्टाफ हो, मलाइ त केहि थाहा छैन ।’ उनले भनिन् ।  यस अगाडी अर्थ सरोकार डटकमसंग कुराकानी गर्ने कपिल सर लाइ फ़ोन दिनुहोस न वा उहाँको नम्बर दिनुहोस् न भन्दा उनले भनिन्, ‘ सर आज लिभमा हुनुहुन्छ । ‘ त्यसो भए त्यहाँको कसैको नम्बर दिनुहोस् न मिडियासंग कुराकानी गर्ने कोहि त होला नि ?’ भन्ने हाम्रो प्रश्नमा उनले भनिन्, ‘आज सबै सरहरु बिदामा हुनुहुन्छ । पछी कल गर्नुहोस् न है। ‘     
बससेवा डटकमले गैरकानुनी रुपमा यातायात व्यवस्था विभागले तोकेको भन्दा बढी शुल्क जनतासँग उठाएर जनता ठग्ने काम गरिरहेको छ ।  
यो पनि पढ्नुहोस् 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: