×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शंकर पोखरेलविरुद्ध साइबर क्राइमको मुद्दा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

शंकर पोखरेलविरुद्ध साइबर क्राइमको मुद्दा

२२ भाद्र २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौं – नेकपा एमालेका नेता शंकर पोखरेलविरुद्ध संघीय समाजवादी फोरम नेपालको युवा संगठनले प्रहरीमा जाहेरी दिने भएको छ । मंगलबार विवादस्पद ट्वीट गरेका पोखरेल विरुद्ध विद्युतीय कारोबार ऐन अन्तरगत मुद्दा दर्ता गरिने पार्टीले बताएको छ ।

समाजवादी युवा फोरमका उपमहासचिव दुर्गा सुवेदीको नेतृत्वमा संगठनले महानगरी प्रहरी परिसर टेकुमा आज जाहेरी दर्ता गरिने भएको हो ।
नेता पोखरेलले मधेसी मोर्चाले असोज ३ लाई कालो दिन भनेर मनाउने निर्णय गरेको प्रति व्यंग्य गर्दै सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गरेका थिए । तर, उक्त ट्वीटले मधेसी जनताको भावनामा ठेस पुर्याएको भन्दै उनको ब्यापक आलोचना भएको थियो ।
पोखरेलले भने आफ्नो मधेसी जनताको भावनामा ठेस पुर्याउने कुनै उद्देश्य नरहेको तर आफ्नो ट्वीटलाई गलत रुपमा अर्थाएको प्रष्टिकरण दिएका थिए । आलोचनापछि पोखरेलले उक्त ट्वीट हटाएका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: