
नेकपा(एमाले) भित्र खड्ग ओलीको अत्याचारबाट आजित भएका नेताहरुले सार्वजनिक मञ्च पाउने बित्तिकै त्यसको खुलासा गर्ने गरेका छन् । ओलीले पार्टीलाई प्राइभेट कम्पनीको रुपमा चलाएको र आफूखुसी निर्णय गर्दै आएको भन्दै वरिष्ठ नेता समेत रहेका झलनाथ खनालले एक सार्वजनिक समारोहमार्फत ओलीको अत्याचार जारी रहे पार्टी फुट्नेसम्मको चेतावनी दिएका छन् ।
ओलीले पार्टीलाई संस्थागत भन्दा पनि कोटरीको आधारमा चलाएको, गुटलाई संरक्षण गरेको, उचित जिम्मेवारी नदिएको तथा अराजकता मच्चाएको, पार्टीको नेतृत्वमा रहेको सरकारले जनताको पक्षमा काम नगरेको तथा गठबन्धन जोगाउन कुनै पहल नगरको भन्दै खनालले आलोचना गरेका थिए ।
नेता खनालले पार्टीभित्र बस्न सक्ने अवस्था नरहेको, नेता तथा कार्यकर्ताको संरक्षण नगरेको, गुटमा नलाग्ने नेता तथा कार्यकर्ताको उचित मूल्यांकन नभएको, पार्टीभित्र कमाउ धन्दा बढेको तथा जनतालाई हवाई सपना बेचेर ओलीले जनतालाई थाङ्नामा सुताएको भन्दै आपत्ति जनाएका छन् । ओलीको अराजकतालाई ठेगान लगाउन कार्यकर्ता उठ्नुपर्ने होइन भने पार्टी फुटाउन नै तयार हुनुपर्नेसम्मको बताएका छन् । उनले खड्ग ओलीको ज्यादतीविरुद्ध आवाज उठाउन र प्रतिवाद गर्न समेत पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन् ।
त्यसो त ओलीको कार्यशैलीप्रति अर्का नेता माधव नेपाल समेत सन्तुष्ट हुन सकेका छैनन् । नेपालले त ओलीविरुद्व मोर्चाबन्दी नै सुरु गरेका छन् । ओलीको ज्यादतीलाई नियन्त्रण गर्न पनि मोर्चाबन्दी जरुरी रहेको उनको ठहर छ । ओलीले तानाशाही शैलीमा पार्टी चलाएको भन्दै नेपालले सुरु गरेको अभियानले सार्थकता पाउन लागेको बेला खनालको अभिव्यक्तिलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
त्यसो त ओलीले सोझा ठानिएका अनुशासन आयोगका अध्यक्ष अमृत बोहोरामार्फत सचेत गराएको बताइन्छ । त्यसो त बोहोराको सचेतको भाषा समेत काइते रहेको भन्दै आलोचना भएको छ । पछिल्लो पटक प्रचण्डको नेतृत्वमा सरकार बनेपछि त ओलीले प्रस्तुत गरेको कार्यशैली नै गलत भएको बताइँदै आएको छ ।
पछिल्लो पटक एमाले नेताहरुले सार्वजनिक गरेको अभिव्यक्तिमा पनि ओली पक्षका नेताहरु सरकारविरुद्व कडा रबैया अपनाएका छन् भने नेपाल, खनाल पक्षका नेताहरुले गुण र दोषका आधारमा प्रतिक्रिया दिएका छन् ।
- जनआह्वान साप्ताहिकबाट
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्