×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अनुगमन भित्रको रहस्य : ‘व्यापारीसँग बार्गेनिङ नमिलेपछि मन्त्री बोहोराको यो हर्कत

PRIME CA

अनुगमन भित्रको रहस्य : ‘व्यापारीसँग बार्गेनिङ नमिलेपछि मन्त्री बोहोराको यो हर्कत

२५ भाद्र २०७३, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं  । आपूर्ति मन्त्री दीपक बोहोराले योजनावद्ध रुपमा सरकारको बेइज्जत गर्ने रणनीति अगाडि सारेका छन् । बजार अनुगमनको क्रममा फेला परेको अखाद्य वस्तु नष्ट गर्ने क्रममा खान योग्य वस्तु नस्ट गरे पछि सार्वजनिक रुपमा आलोचना सुरु भएको छ ।
गत आइतबार व्यापारीबाट जफथ गरिएका तीन करोड भन्दा बढी मूल्यको खाद्य वस्तु अखाद्य भन्दै बोहोराले खाल्डो खनेर पुरेका थिए । काठमाडौँको सुन्दरीघाटमा सुकुम्बासी बस्ती नजिक पुरिएको अखाद्य भनिएका वस्तु खान योग्य रहेको पाइएको बताइएको छ । जेहोस् जनता कम्युनिस्ट प्रधानमन्त्री भएको समयमा जनता भोकै पर्ने, अखाद्य भन्दै खन योग्य वस्तु समेत पुर्छन भन्ने सन्देश दिने गरी काम खाद्य वस्तु पुरेको मन्त्री बोहोराले बताउने गरेका छन् । बजार अनुगमनलाई तिव्र पार्नुको साटो उनले नाम मात्रैको अनुगमन गर्ने गरेका छन् ।
बजार अनुगमन यसो मिलाएर गर्नुभन्दै उनले व्यापारी तथा उद्योगीसँग बार्गेनिङ गर्ने गरेका छन् । उनले कमाउ धन्दा सुरु गरेपछि मन्त्रालयका अरु कर्मचारीलाई पनि के चाहियो र उनीहरु समेत धन्दामा लागिहाले । त्यति मात्रै होइन बजार अनुगमनका लागि पुग्ने उपभोक्तावादी संघ संस्थाका प्रतिनिधिले समेत व्यापारीसँग उठती धन्दा सुरु गरेका छन् ।
आफूलाई कानुन व्यावसायी समेत बताउने एमाले निटकको एक उपभोक्तावादी संस्थाका प्रतिनिधिले सरकार असफल पार्ने भन्दै अनुगमनको क्रममा व्यापारीसँग रकम मागेको बताइन्छ । पैसा दिने भए देउ होइन भने कारवाही हुन्छ, सरकारलाई त असफल पार्नु पर्छ नी भन्दै ती उपभोक्तावादी संस्थाका प्रतिनिधिले कालीमाटी कलंकी, तथा ठूला ठूला डिपार्टमेन्ट स्टोरका साहुजीहरुसँग रकमको बार्गेनिङ गरेको बताइन्छ ।
उक्त उपभोक्तावादी संस्थाले आफूलाई नियमित रुपमा बजार अनुगमनमा लैजान समेत माग गर्ने गरेको वाणिज्य विभागका एक अधिकारीले बताए । ती अधिकारीका अनुसार हामीले पालै पालो अधिकारकर्मीलाई अनुगमनमा बोलाउँछौ, तर त्यो संस्थाले भने हामीलाई नियमित बोलाउ भन्छन् कुरा के हो बुझ्न सकिएको छैन । तर व्यापारीसँग उनीहरुले पैसा मागेको भन्ने बारेमा भने आफूहरु पनि सुनेको ती अधिकारीको भनाइ छ । हामी सुक्ष्म अध्ययन गरिरहेको छौ , उपभोक्तावादीको नाममा पैसा मागेको पाइए उनीहरुलाई पनि कालोबजारियालाई सहयोग गरेको नाममा कारवाही गर्ने उनको भनाइ छ । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: