×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बोटलर्स नेपालको दादागिरी : नियम विपरित कोक, फ्यान्टा र स्प्राइटको उत्पादन !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बोटलर्स नेपालको दादागिरी : नियम विपरित कोक, फ्यान्टा र स्प्राइटको उत्पादन !

Artha Sarokar

१५ आश्विन २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • इन्भेष्टिगेसन ब्यूरो / अर्थ सरोकार डटकम

काठमाडौँ – कोकाकोला उत्पादन गर्ने कम्पनी बोटलर्स नेपाल गैरकानुनी रुपमा चलिरहेको खुलासा भएको छ  ।बालाजु औद्योगिक क्षेत्रभित्र रहेको उक्त कम्पनीले नापतौलका सामानको स्वीकृतिनै नलिइ गैर कानुनी रुपा चलिरहेको खुलासा भएको हो । कोकाकोला उत्पादक कम्पनी बोटलर्स नेपालले ३२ वर्षसम्म पनि अनुमतिपत्र नलिई सञ्चालनमा रहेको फेला परेको छ ।
नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले गत बुधबार गरेको अनुगमनका क्रममा २०४१ सालदेखि हालसम्म अनुमतिपत्र नलिई सञ्चालन भइरहेको फेला पारेपछि कोकाकोलाको कर्तुत सार्वजनिक भएको हो । कार्यालयका प्रमुख शशिभूषण यादवले पछिल्लो समय नापतौलका सामानको अनुमतिपत्र नलिई धेरै कम्पनीहरु सञ्चालनमा रहेका उजुरी आएपछि अनुगमन कार्य बढाएको बताउंदै कोकाकोला उत्पादक कम्पनी बोटलर्स नेपाल पनि यसरी अनुमति नलिने कम्पनीहरुमा एक रहेको बताएका छन्  ।
“बोटलर्स नेपालजस्तो बहुप्रतिष्ठित कम्पनीले लामो समयदेखि नापतौलका सामानमा अनुमतिपत्र नलिई सञ्चालन गरिरहेको छ भने अरुको हालत के होला?” उनले भने ।  उक्त कम्पनीबाट कानुन बमोजिम चार हजार रुपैयाँ जरिवाना असुल गरिएको समेत उनले जानकारी दिए ।

यो पनि पढ्नुहोस् :
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी