
- इन्भेष्टिगेसन ब्यूरो / अर्थ सरोकार डटकम
काठमाडौँ – कोकाकोला उत्पादन गर्ने कम्पनी बोटलर्स नेपाल गैरकानुनी रुपमा चलिरहेको खुलासा भएको छ ।बालाजु औद्योगिक क्षेत्रभित्र रहेको उक्त कम्पनीले नापतौलका सामानको स्वीकृतिनै नलिइ गैर कानुनी रुपा चलिरहेको खुलासा भएको हो । कोकाकोला उत्पादक कम्पनी बोटलर्स नेपालले ३२ वर्षसम्म पनि अनुमतिपत्र नलिई सञ्चालनमा रहेको फेला परेको छ ।
नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले गत बुधबार गरेको अनुगमनका क्रममा २०४१ सालदेखि हालसम्म अनुमतिपत्र नलिई सञ्चालन भइरहेको फेला पारेपछि कोकाकोलाको कर्तुत सार्वजनिक भएको हो । कार्यालयका प्रमुख शशिभूषण यादवले पछिल्लो समय नापतौलका सामानको अनुमतिपत्र नलिई धेरै कम्पनीहरु सञ्चालनमा रहेका उजुरी आएपछि अनुगमन कार्य बढाएको बताउंदै कोकाकोला उत्पादक कम्पनी बोटलर्स नेपाल पनि यसरी अनुमति नलिने कम्पनीहरुमा एक रहेको बताएका छन् ।
“बोटलर्स नेपालजस्तो बहुप्रतिष्ठित कम्पनीले लामो समयदेखि नापतौलका सामानमा अनुमतिपत्र नलिई सञ्चालन गरिरहेको छ भने अरुको हालत के होला?” उनले भने । उक्त कम्पनीबाट कानुन बमोजिम चार हजार रुपैयाँ जरिवाना असुल गरिएको समेत उनले जानकारी दिए ।
यो पनि पढ्नुहोस् :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्