Skip to content
LAXMI SUNRISE BANK

बजार गुरु रोहन शर्माको विस्लेषण : साबधान, उच्च महत्वकांक्षा घातक हो!

अर्थ सरोकार

  • रोहन शर्मा 

लगानिकर्ता धेरै महत्वकांक्षि पनि हुँनु हुँदैन, एभरेष्ट बैंकले गतिलै बोनस, हकप्रद, एफपिओ जे जतीनै दिए पनि अहिलेको मुल्यनै उच्चतम मुल्य हो। यसको बजार मुल्य ३६०० माथी पुगेर स्थिर रहनुको कारणनै माथीकै हल्लाले हो । अब कती बढ्नु, १/२ सय तलमाथी होला । एभरेष्ट अब घोषणा पछी ४५००/५००० पुग्छ भनेर बजारमा जुन हल्ला फैल्याईएको छ, बिल्कुलै गलत हो ।
उधाहरण स्वरुप स्ट्याण्डर्ड चार्टडकै कुरा गरौं, गतिलो बोनस र एफपिओ को हल्ला चलेको ६ महिना अगाडी देखी हो। आफ्नो गक्ष अनुसार ३३.३३% बोनस पनि घोषणा पनि गर्‍यो। साथमा एफपिओ पनि ल्याउने कुरा गर्‍यो । तर त्यसले यसको बजार भाउमा कुनै असर परेन। जती बढ्नु पहिलेनै बढेसकेपछी अब कती बढ्नु। आज भन्दा १ महिना अगाडी यसको भाउ अहिले भन्दा माथी थियो ।
माथीका दुई कम्पनीको बिजनेस ग्रोथलाई अरु साना राम्रा कम्पनीसँग दाँजौं त ! सँधै ब्लुचिप र ब्राण्ड मात्र भनेर बस्नु पनि घातकनै हुन सक्छ । किन्ने सस्तोमा हो , महँगोमा त बेच्ने हो। समय अनुसार चल्ने हो ।
(नोट: ब्याक्तिगत लगानीको कुरा गर्ने हो भने मसँग माथी उल्लेख गरिएका दुबै कम्पनीको सेयर रहेको छ तर दुबै धेरै सस्तोमा किनिएको सेयरको बोनस हो।)
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK