
एजेन्सी – ब्राजिलको सरकारले यहाँका न्यून आय भएका नागरिकका लागि कम्तीमा पनि पाँच लाख वटा घर निर्माण गर्ने भएको छ। ब्राजिलका राष्ट्रपति माइकेल टेमरले यसबारे जानकारी दिएका हुन्। ब्राजिलले सन् २०१७ मा भित्र नै घर निर्माण गर्ने भएको उनले जानकारी दिए।
ब्राजिलको साओ पाओलो राज्यको मोगिदास सहरमा ती घरहरू निर्माण गरिने र त्यहाँ आवास नगरका रूपमा सो नगरको विकास गरिने पनि उनले बताए। यस योजनाबाट करिब ५ लाख परिवार लाभान्वित हुन पाउने भएका छन्। सरकारले ती गरिबहरूका लागि आवासको व्यवस्था गर्ने बारेमा यसअघि नै सार्वजनिक घोषणा गरेको थियो।
त्यस्तै यसअघि पनि सरकारले यस्तो आवास क्षेत्रको विकास गरिसकेको छ। यस योजनाबाट यस वर्षसम्ममा कम्तीमा पनि १ लाख ७० हजार परिवार लाभान्वित भएका छन्। राष्ट्रपति माइकेलले एक औपचारिक समारोहमा सम्बोधन गर्दै भने( ुम यसैवर्षमात्र घर पाएका १ लाख ७० हजार र अर्कोवर्ष अर्थात् सन् २०१७ भरिमा घर पाउन लागेका पाँच लाख परिवारलाई पनि बधाई दिन चाहन्छु।
ब्राजिलको सरकारले सन् २००९ देखि मेरो घर मेरो जीवन माइ हाउस माइ लाइफ नामक आवास कार्यक्रमको सुरुवात गरेको थियो। तत्कालीन सरकारको सो कार्यक्रमलाई वर्तमान सरकारले पनि निरन्तरता दिएको छ। सरकारी तथ्याङ्कअनुसार यस कार्यक्रमबाट ब्राजिलका कम्तीमा पनि एक करोड २२ लाख नागरिक लाभान्वित भइसकेका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्