
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – करिब डेढ दशक पछि अथवा २०५८ जेठ १९ भएको ऐतिहासिक दरबार हत्या काण्डको विषयमा पुनः छानबिन गर्नुपर्ने भन्दै मन्त्रीपरिषद्मा नै चर्को रुपमा आवाज उठेको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको राजनीतिक परिस्थतिबारे बुधबार विज्ञप्ति मार्फत दिएको सार्वजनिक अभिव्यक्तिको सन्दर्भको विषयमा बिहिबार मन्त्रीपरिषद्मा बैठक प्रवेश पाउनासाथ मन्त्रीहरुले दरबार हत्याकाण्डको बारेमा अझै भ्रम मात्र फैलिएको र हत्या भएको डेढ दशक बितिसक्दा पनि सत्य तथ्य सार्वजनिक नभएकाले पुनः छानबिन गर्नुपर्ने भन्दै लामो छलफल गरेको सहभागी मन्त्रीहरुले बताएका छन् ।
पूर्वराजाको अभिव्यक्ति संघीय गणतन्त्रविरुद्ध गम्भीर षड्यन्त्र हुनसक्ने औंल्याउँदै उनीहरुले यसलाई प्रतिगमनले टाउको उठाउन लागेको रुपमा लिँदै पूर्वराजाका गतिविधिमा गम्भीर निगरानी गरिनुपर्ने धारणा समेत राखेका छन् ।
उक्त विषयमा मन्त्रीपरिषद्ले तत्काल कुनै निर्णय नगरेपनि पूर्वराजाको विज्ञप्ति गम्भीर भएकाले सचेत हुनुपर्ने निष्कर्ष निकालेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।
घटनाबारे तत्कालिन प्रधानन्यायाधीसको अध्यक्षतामा गठित सत्यतथ्य छानविन आयोगले तत्कालिन युवराज दिपेन्द्रले आवेगमा गोली चलाएर हत्याकाण्ड मच्चाएको र अन्त्यमा आफैंलाई गोली हानेको प्रतिवेदन दिएको थियो । आयोग प्रतिवेदनमा आम जनता भने विश्वस्त छैनन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्