×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुर्गाप्रसादले के गल्ती गर्यो र मुद्धा हाल्न ? बोल्न पाइन्न र ? सक्छौ भने नेप्से र धीतोपत्र बोर्डका भ्रष्टाचारीलाई कार्वाही गर !

PRIME CA

दुर्गाप्रसादले के गल्ती गर्यो र मुद्धा हाल्न ? बोल्न पाइन्न र ? सक्छौ भने नेप्से र धीतोपत्र बोर्डका भ्रष्टाचारीलाई कार्वाही गर !

१४ पुष २०७३, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

हिजो एउटा समाचार सार्वजनिक भयो, ‘दुर्गा प्रसादलाई साइबर कानुन अन्तर्गत मुद्धा हाल्ने लगानीकर्ताको तयारी’ । समाचार पढेर लगानीकर्ताहरुको मिश्रित प्रतिक्रिया आयो । कसैले यो कदमलाइ ठिक भने त कसैले बेठिक । म पनि एक लगानीकर्ता हो, जसले यो कदमलाइ सोर्है आना बेठिक सम्झेको छ । दुर्ग्रा प्रसाद काफ्लेलाई होइन, नेप्से र सेबोनका भ्रष्टाचारीहरुलाई कार्वाही हुनुपर्छ ।
बिगत केहि समयदेखि विभिन्न फोरमहरुमा दुर्गाप्रसाद काफ्लेले पोष्ट गरेका कुराहर मैले पनि हेरेको छु । हामी उनले बजार घट्छ  भन्दा किन रिसायौं ? आखिर भयो त त्यस्तै नै, होइन र ? १८८१ को नेप्से १३९६ मा आयो नि ! उनले घट्छ जो भनेका थिए । उनको भविष्यवाणी मिलेन र ? साना लगानीकर्ताहरुलाई उनले गरको सतर्कतामा तुक छैन र ? एक पटक गम्भीर भएर पो सोच्ने हो कि ?
एभेरेष्टको बुक क्लोजभएपछी बजार घट्छ भन्ने उनको भविष्यवाणी पनि मिलेको होइन र ? उनले भनेजस्तै नेप्से र धीतोपत्र बोर्डमा घुसखोरी बढेको होइन र ? बजार बलियो हुनुपर्छ भन्ने उनको माग के जायज छैन र ? हामीले एक पटक ठण्डा दिमागले विश्लेषण पो गर्ने हो कि ?
नेपालको संविधानले बोल्न पाउने अधिकारलाइ सुनिस्चित गरेको छ । यसै पनि उनले अरुजस्तो फेक आइडी चलाएर फोरममा केहि पोष्ट गरेका छैनन् । उनी त विरोधका वावजुत पनि विभिन्न टेलिभिजनमा अन्तर्वार्ता दिईनैरहेका छन् । कि उनी गलत छन् भन्ने प्रमाणित हुनुपर्यो । नत्र गाउँले बबुरोलाई मुद्धा हालेर के पुरुषार्थ देखाउन खोज्दैछ लगानीकर्ताको एक समूह ? बजार कसैले भनेर घट्ने वा बढ्ने होइन । तर दुर्गा काफ्लेले भनेको कुराले टाउको किन दुख्छ लगानीकर्ताको ? उ पनि त एक लगानीकर्ता होला, भलै उसको पृष्ठभूमि फरक नै होला । के बजार बढ्छ मात्रै भनेर लेख्नुपर्ने हो र ? 
सामाजिक सञ्जालमा कतै पढेको थिएँ । ‘नेपालको पुलिस बलात्कारीलाई समात्न सक्दैन । अनि सहमतिमा बसेका जोडीहरुलाई गेष्ट हाउसबाट समातेर बहादुरी देखाउँछ ।’ यो कुरा त ठ्याक्कै त्यहि भएन र ? एक पटक विचार गरौँ । दुर्गा प्रसाद काफ्लेको मुख थुनेर, उनलाई मुद्धा हालेर हुनेवाला केहि छैन । प्रविधिको युगमा सञ्चारमा आफा अभिव्यक्ति नराख भन्ने अधिकार कसैलाई पनि छैन । दुर्गाप्रसाद काफ्लेले कुनै अपराध पनि गरेको छैन । उसले बोलेको हो, बोल्न पाउनुपर्छ । सक्छौ भने नेप्से र धीतोपत्र बोर्डका भ्रष्टाचारीहरुलाई कार्वाही गर ।  
  • दुर्गा प्रसाद काफ़्लॆको अनुयायी 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: