
स्याल कराउनु र कुखुरा हराउनुको संयोग मात्र होइन हो ? संसदमा दर्ता भएको संविधान संशोधनको प्रस्तावको पक्षमा उभिन भारतीय राजदुत रञ्जित रेले मधेसी नेताहरुलाई डिनर भोज खुवाएर दिएको निर्देशन अन्ततः साकार भएको छ ।
यसअघि पनि मोर्चाका नेताहरुले परिर्माजनबिना संशोधन विधेयकको पक्षमा मतदान नगर्ने बताउँदै आएका थिए । तर,रातारात भारतीय राजदुत रञ्जित रे को सक्रियता पछाडि मधेशी नेताहरु ‘यूटर्न’ भएका छन । उनी संसदमा दर्ता भएको संविधान संशाधेनको पक्षमा उभिने निर्णय गरेका छन । यस अगाडिसम्म संविधान संशोधनको पक्षमा अनिर्णित रहेका मधेसी दलका नेताहरु रेको डिनर भोज खाए सँगै प्रधानमन्त्री प्रचण्डलाई साथ दिन राजी भएका हुन ।
साथै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले संविधान संशोधनविरुद्ध नेकपा एमालेले चलाएको आन्दोलन आन्दोलनको काउन्टरमा उत्रने मोर्चाले निर्णय गरेको छ । शनिवार बसेको मोर्चाको बैठकले चार बुँदे निर्णय गर्दै एमाललेको आन्दोलनविरुद्ध उत्रने निर्णय लिएको हो ।
एमालेको चरित्रलाई अराजक भएको टिप्पणी गर्दै उनीहरुले संसद अवरुद्ध नगर्न अनुरोध गरेको छ । एमालेले संविधान संशोधनको प्रस्तावलाई राष्ट्रघाती भन्दै जुन आन्दोलन थालेको छ, त्यो अतिवादी र विखण्डनवादी सोच हो । त्यसैले राष्ट्रिय एकतालाई खलल पुर्याउने कुनै पनि कदम नचाल्न एमालेलाई मोर्चाले आग्रह गरेको छ । मोर्चाले एमालेलगायत दलहरुले गर्दै आएको संसद अवरोधको निन्दा समेत गरेको छ । संसदमा विषय प्रवेश नै गर्न नदिनु गैरसंसदीय अभ्यास भएको बैठकको ठहर छ ।
बैठकमा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, उपाध्यक्ष हृदयश त्रिपाठी, मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, सद्भावना पार्टीका उपाध्यक्ष लक्ष्मणलाल कर्ण, संघीय समाजवादी फोरमका उपाध्यक्ष लालबाबु राउत, नेपाल सद्भावना पार्टीका महासचिव कौसेन्द्र मिश्र र तमसपाका महासचिव केशव झाको उपस्थिति थियो ।
- एस काठमाडौं
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्