
काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच फेरी भनाभन भएको छ ।
शुक्रबार कांग्रेस नेता कृष्णप्रसाद भट्टराईको ९३ औं जन्मजयन्तीको बाँडेगाउमा आयोजित कार्यक्रमा उनीहरुबीच जुहारी चल्न पुग्यो । अतिथिका रुपमा उपस्थित दुवैजनाले मन्तव्य राख्ने क्रममा एक अर्कालाई आक्षेप लगाए ।
सभापति देउवाले ०७४ माघसम्म तीन तहको निर्वाचन गर्नुपर्ने बताए । अध्यक्ष ओलीले मन्तव्य सकाएपछि उपस्थित भएका देउवाले मन्तव्य राख्दै ओलीलाई संसदमा अवरोध गर्ने कामलाई पन्छाउन आग्रह गरेका थिए । उनले कार्यक्रममा ढिलो आएको बताउँदै आफूलाई माफी दिन ओलीसँग अनुमति मागे । ‘ओलीजी ! तपाईले संशोधन विधेयक संसदमा पुर्याउन दिनुभएको छैंन,जसरीभएपनि मधेसी जनताको भावना बुझेर सहमतिमा आउनुस । यसरी रिसाएर त निर्वाचन त हुँदैन नि’देउवाले ओलीलाई नरम शैलीमा आफनो कुरा सुनाए ।
यसअघि अध्यक्ष ओलीले आफूहरु निर्वाचनको बाधक भएको तर्क प्रस्तुत गरेका थिए । प्रधानमन्त्री प्रचण्डलाई ‘आइकन’को संज्ञा दिँदै ओलीले देश र जनताको हितमा संविधान संशोधन गरेको भए किन हामी त्यसको विरोध गथ्र्यौ ? उनले प्रश्न गरे । ‘संशोधन प्रस्ताव पारित भए कुन धाराले निर्वाचनलाई सहयोग गर्छ र पास नगर्दा कुन धाराले अप्ठ्यारो पार्छ ? ओलीले भने–‘सीमांकन परिवर्तन सम्बन्धित क्षेत्रमा नभई महोत्तरी र सिराहातिर उठेको छ । ५ नम्बर प्रदेश टुक्राउने यो क्षेत्रमा होइन । के पहाड र तराई अलग गर्न खोजेको हो ?’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्