Skip to content
LAXMI SUNRISE BANK

पूर्वी तराईमा शितलहर बढ्यो

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता

काठमाण्डौ – मौसम परिवर्तनसंगै तराईमा शितलहरको प्रकोप बढेको छ। विगत एक सातादेखि तराईको जिल्लाहरुमा शितलहर संगै जाडो अत्यधिक बढेको छ। तराईको धनुषासहित आसपासका जिल्लाहरु सर्लाही, महोत्तरी, सिरहा, सप्तरी सहितका अन्य जिल्लाहरुमा शितलहरको प्रकोप बढेको हो।
 विहान तथा बेलुका अत्याधिक चिसो तथा शितलहर लाग्ने गरेको छ भने, विहान तथा साँझको समयमा हुस्सुसंगै चिसो हावाले जनजीवन प्रभावित हुने गरेको छ। शितलहर तथा चिसो हावाले बजारमा चहल पहल घटेको छ भने, जनकपुर अञ्चल अस्पतालमा निमोनिया, रुघाखोकी, टाउको दुख्ने जस्ता रोगीको संख्या बढेको जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा। गौराङ्ग मिश्रले जानकारी दिएका छन्। 
 जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाले बढ्दो शितलहर तथा जाडोलाई मध्यनजर गर्दै विभिन्न विभिन्न सावधानी अपनाउन सर्वसाधारणहरुमा अपिल गरेको छ। शितलहरसंगै प्रत्येक वर्ष जनकपुरको बिभिन्न चोक चोकमा बालिने गरेको आगो यस वर्ष कुनै पनि स्थानमा बालिएको छैन। 
यस सम्बन्धमा धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिपकुमार चापागाईले जिल्ला सुरक्षा समन्वय समितिको बैठकले आगो बाल्ने निर्णय गरेपनि ठाउँ निश्चित नभएको बताए। अघिल्लो वर्षहरुमा गाउँ विकास समिति, नगरपालिका र उप–महानगरपालिकाले जिल्ला वन कार्यालयको सहयोगमा सर्वसाधारण, बटुवा बृद्ध, अशक्तलाई मध्यनजर गर्दै आगोको प्रबन्ध मिलाउने गरेको छ तर यस वर्ष कुनैपनि स्थानमा हालसम्म आगोको व्यवस्था गरिएको छैन। 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK