
- अर्थ सरोकार सम्बाददाता
बैंकिङ कसुरमा जेल परेका व्यक्ति संस्थाको सीईओ भएका कारण जनाताकको पैसामाथि ठूलो जोखिम बढेको भन्दै सिनर्जी फाइनान्स लिमिटेडका सेयर होल्डरहरुले अख्तियार गुहारेका छन् । आफुले पटक-पटक यस विषयमा कुरा उठाएको र नेपाल राष्ट्र बैंकमा समेत उजुरी गरेको भएपनि राष्ट्र बैंककै कर्मचारीसँग साँठगांठ गरेर फाइनान्सका सीईओ विनितमणि उपाध्यायले आफ्नो कर्तुत लुकाउन खोजेको भन्दै उनीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सीईओ उपाध्यायको कर्तुतबारे छानविन गरी नीजलाई कार्वाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेका छन् । उनीहरुले बिहिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएका हुन् ।
नेपाल राष्ट्र बैंकपछी अख्तियार गुहार्यौं : सेयरलहोल्डर
‘हामीले नेपाल राष्ट्र बैंकमा समेत यसबारे उजुरी दिएका थियौं । तर सीईओ उपाध्यायले नेपाल राष्ट्र बैंककै कर्मचारीहरु सँग साँठगांठ गरी कुरा मिलाएको भन्ने खबर पाएपछी हामीले अख्तियार गुहारेका हौँ ।’ एक सेयर होल्डरले अर्थ सरोकार डटकमसँग भने । सीईओ उपाधयाय फाइनान्स डुबाउन लागि परेका, खराब खर्जामा कमिसनको लोभमा लगानी गरेका लगायतका कुराहरु स्पष्ट रहेकाले नीजलाई यस सम्बन्धमा अनुसन्धान गरी कार्वाही अगाडी बढाउन माग गर्दै अख्तियारमा उजुरी दिएको सिनर्जीका अर्का एक सेयर होल्डरले अर्थ सरोकार डटकमसँग भने ।
सम्पत्ति सुद्धिकरण आयोगमा समेत उजुरी गरिने
यता सीनार्जीका सेयर होल्डरहरुले सीईओ विनितमणि उपाध्यायले खराब खर्जामा लगानी गरी कमिसन उठाउने गरेको भन्दै उनको सम्पत्तिबारे छानविन गर्न सम्पत्ति सुद्धिकरण आयोगमा समेत उजुरी गरिने बताएका छन् । ‘नेपाल राष्ट्र बैंक र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेका छौं । अव सम्पत्ति सुद्धिकरण आयोगमा समेत उजुरी गर्छौं । जनताको पैसामाथि मनपरी गर्ने सीईओलाई कुनै पनि हालतमा बर्खास्त गराएर छोड्छौं ।’ एक सेयर होल्डरले अर्थ सरोकार डटकमसँग भने ।
यो पनि पढ्नुहोस् :
- जनताको पैसामाथि यत्रो ‘रिस्क’ ?
- कमिसनको लोभमा यतिसम्म गर्छन् बिगतमा बैंकिङ कसुरमा जेल परेका सिनर्जी फाइनान्सका सीइओ ! (फलोअप नम्बर ३)
- सिनर्जी फाइनान्स डुबाउने खेलमा सीइओ विनितमणि उपाध्याय ! यस्ता छन् उनका काला कर्तुत ! (फलोअप नम्बर २)
- EXCLUSIVE : सिनर्जी फाइनान्सको कर्तुत नम्बर १: बैंकिङ कसुरको अभियोग लागेका व्यक्तिनै संस्थाको सीइओ !
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्