
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – नेपाल वायु सेवा निगमले २० जना पाइलट माग गरेको छ। मंगलबार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरी निगमले खुला तथा समावेशी सिद्धान्त अनुसार ७ जना क्याप्टेन र १३ जना सिनियर को पाइलट माग गरेको हो। जस अनुसार क्याप्टेनमा ४ जना खुला, १ महिला,१ आदिवासी जनजाति र १ जना मधेसी माग गरिएको छ। त्यस्तै सिनियर को पाइलटमा ७ जना खुला, २ जना महिला, २ जना आदिवासी जनजाति, १ जना मधेसी र १ जना दलित समुदायबाट माग गरिएको छ।
क्याप्टेनका लागि नेपाल नागरिक उड्ययन प्राधिकरणबाट एयर ट्रान्सपोर्ट पाइलट लाइसेन्स लिइ कम्तीमा चार वर्ष पाइलट इन कमान्डको हैसियतले उडान गरेको हुनुपर्नेछ। त्यस्तै कम्तीमा १५०० घण्टा पाइलट इन कमान्डको हैसियतले स्टल एयरक्राफ्ट उडान गरेको र कम्तीमा १ हजार घण्टा मल्टी इन्जिन स्टल एयर क्राफ्ट उडान गरेको हुनुपर्नेछ।
त्यस्तै सिनियर को पाइलटका लागि नागरिक उड्ययन प्राधिकरणबाट कमर्सियल पाइलटको लाइसेन्स लिइ कम्तीमा २ वर्ष काम गरेको र एक हजार घण्टा उडान गरेको हुनुपर्नेछ। इच्छुक नेपाली नागरिकले मंगलबारदेखि २१ दिनभित्र दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ।
क्याप्टेनका लागि दरखास्त शुल्क २ हजार र सिनियर को पाइलटका लागि दरखास्त शुल्क १५ सय रुपैयाँ तोकिएको छ। क्याप्टेनका लागि ५५ वर्ष पूरा नभएको र सिनियर को पाइलटका लागि ३५ वर्ष पूरा नभएको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ। हेर्नुस् सूचना

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्