Skip to content
LAXMI SUNRISE BANK

‘पाहुना चरा’ले भरियो यमुना घाट, पर्यटकको बढ्दो आकर्षण ! (तस्वीरहरु)

नेपाल फोटो लाइब्रेरी

नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीस्थित यमुना घाटमा प्रवासी चराचुरुङ्गीको आगमन बढ्न थालेको छ । साइबेरिया, मङ्गोलिया तथा मध्य एसियाका चिसो क्षेत्रबाट जाडो छल्न हजारौँ किलोमिटरको यात्रा तय गरेर आउने ‘पाहुना चरा’हरूले यमुना नदी किनारको दृश्य निकै मनमोहक बनेको छ ।

न्यानो मौसम र पर्याप्त आहारको खोजीमा अक्टोबर-नोभेम्बरदेखि भारत आउने यी चराहरू जाडोयाम बिताएपछि मार्चसम्म पुनः आफ्नो प्रजनन क्षेत्रतर्फ फर्कन्छन् । 

बिहानीपख उदाउँदो सूर्यको सुनौलो किरण, नदीमाथि फैलिएको हुस्सु र आकाशमा बथान बनाएर उडिरहेका चराहरूले पर्यटक तथा प्रकृतिप्रेमीको ध्यान खिच्ने गरेका छन् ।

यमुना किनारमा साइबेरियन सिगल (ब्ल्याक हेडेड गल र पल्लास गल) तथा ब्राउन हेडेड गललगायतका प्रवासी चराहरू देखिन्छन् । यस्तै, चखेवा (रुडी शेल्डक), नर्दन पिनटेल, नर्दन शोभेलर र बार हेडेड गुजजस्ता विभिन्न प्रजातिका हाँस तथा जङ्गली राजहाँस पनि दिल्लीका नदी तथा सिमसार क्षेत्रमा देख्न सकिन्छ । बाँकी तस्वीरमा हेर्नुहोस्ः 

(तस्वीरः प्रविण रानाभाट/नेपाल फोटो लाइब्रेरी)

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK