×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘एफपिओ, आइपिओ र तरलता अभावले सेयर बजार उत्तानो पर्नेभो, बजार १२०० आउने दिन टाढा छैन’

PRIME CA
GLOBAL IME BANK

‘एफपिओ, आइपिओ र तरलता अभावले सेयर बजार उत्तानो पर्नेभो, बजार १२०० आउने दिन टाढा छैन’

११ माघ २०७३, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • दुर्गा प्रसाद काफ्ले 

 बजार १२०० मा आउँछ भन्दा मेरो कतिले खिल्ली उडाए । अझै पनि उडाउदैछन् । तर हत्केलाले सूर्यलाई छेकेर छेकीदैन । यथार्थ यहि हो बजार घट्छ । १२०० मै आउँछ । उत्तानो नै पर्छ । यतिबेला बजारमा तरलता अभाव छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लगानी अनुत्पादन क्षेत्रमा बढेको र यसले दुर्घटना निम्त्याउने भन्दै चेतावनी समेत दिइसकेको छ । बजार यसरी घटीरहेको छ कि बजार ओरालो लाग्दै फेरी १२०० हाराहरीमा नेप्से परिसूचक झर्ने संकेत बजारमा देखिन थालीसकेको छ ।  २ अर्वको कारोबार हुने बजामा २० करोडमा झरिसकेको छ । अव यो अझै घट्ने निश्चित छ । 


बजारमा व्यापक चलखेल छ । सिमित  व्यक्ति विषेशले चलखेल गरी कमाउने थलो बनाएको बजारमा साना लगानीकर्ताहरु ऋण तिर्न नसकेर तनावमा छन् । बिना कारण फुलाएर नेप्से परिसुचक १८८१ पुर्याइयो । त्यसबेला साना लगानीकर्तालाएई फसाएर केही सिमित व्यक्ति विषेशले अकुत सम्पती कमाए । तर, अहिले बजारको घट्दो अवस्थामा धेरै लगानीकर्ता फसेको अवस्थामा छन् । कालो धनले व्याप्त पुँजी बजारमा व्यापक २ नम्बरी दलालहरुको चलखेलल छ । साना लगानीकर्तामा राम्रो ज्ञान नहुनु, लहैलहैमा अरुको देखासीखीमा लाग्दा व्यापक मात्रामा घाटा बेर्होनु परिहेको छ।
पुँजी बजार कमजोर हुनुको कारण

  • कालो धन
  • एफपिओ र हकप्रद
  • मार्जिन लेडिङमा कडाइ
  • मार्जिन कल
  • उच्च व्याजदर
  • अदुरदर्शी नेप्से र सेवन
  • इन्साइडर ट्रेडिङ
  • लगानीकर्ता दुरदर्शी नहुनु
एनएलआसीले ५५ अर्व तान्यो अर्ब तान्यो अब स्ट्यान्र्डर्ड चाटर्डले लगायत धेरै कम्पनीका एफपिओ आउदैछन् । विभिन्न कम्पनीले एफपिओका नाममा ब्रम्हलुट मच्चाइरहेका छन् । कालोधन र सेयर धितो कर्जाले ग्रसीत लगानीकर्ता र बैंक टाट पल्टिन सक्छा । सबैजना होसियार हुनुपर्छ ।


हामी होसियार हुनुपर्ने कारण 
  • सेयर धितो कर्जाले लगानीकर्ता टाट पल्टेको अवस्था ।
  • सेयरमा अत्याधिक कर्जाले बैंकहरु टाट पल्टीन लागेको अवस्था ।
  • अहिलेको मार्केट नक्कली हो, सक्कली मार्केट बैंकको पुँजी ८ अर्व पुगिसकेपछि देखिन्छ ।
  • २०७४ चैतपछि मार्केटको सक्कली रुप देखिन्छसेयर किन्ने सक्कली मार्केटमा हो । 
  • अहिलेको अवस्थामा केही सेयर बेचेर बैंकको व्याज तिर्ने हो भने घाटा कम गर्न सकिन्छ । 
  • मार्केट १२ सय मुनी आउछ । उत्तानो पर्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: