×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बजार फुलेको थियो, फुट्दैछ, अझै फुट्छ, फुटेर १२०० केहिदिनमै आइपुग्छ’

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

‘बजार फुलेको थियो, फुट्दैछ, अझै फुट्छ, फुटेर १२०० केहिदिनमै आइपुग्छ’

१२ माघ २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • दुर्गा प्रसाद काफ्ले  

हावाको भरमा फुलेको बजार अव विस्तारै ठाउँमा जाँदैछ । नाटकीय ढंगबाट सानालाई फसाउनको लागि बढाइएको बजारमा साना लगानीकर्तालाई नराम्रो सँग डुबाउने खेल भयो । साना लगानीकर्तालाई विभिन्न हल्लाको प्रभावमा पारेर सेयर किन्न बाध्य पारेर फसाइएको थियो । 
विना कारण १८८१ पुर्याएर अव १२०० तिर लाग्दैछ बाजार । नेपालको अर्थतन्त्रले १२०० भन्दा बढीको बजार धान्दैन ।  नेपालको अर्थ व्यवस्थाको ‘उधोमुन्टो’ लाग्ने निश्चित छ । अनि कसरी बढ्छ पूँजी बजार ? नेपालको अर्थतन्त्र बजबूत नभईकन जवर्जस्त बजार फुलाउनुको कुनै तुक छैन । 
ब्याजदर व्यापक बढिरहेको छ । ‘सेयर लोन’ बन्द भैसकेको अवस्था हो ।  बजारमा तरलता व्यापक अभाव छ । बजारमा पैसानै छैन । बजारमा लगानी गर्दा व्यापक होस् पुर्याउनुपर्ने भएको छ । नत्र बजारले जोगी बनाउने कुरामा कुनै पनि शंका छैन । हल्लामा नलागौं । नत्र उत्तानो परिएला ।
कालो धनको छानविन गर्न जरुरी छ । त्यहि कालो धनले बढाएको बजार अहिले घटीरहेको छ । १२०० मा पुग्ने दिन त्यति टाढा छैन ।  त्यसैले बजारलाइ कमजोर बनाउने दलाल र तस्करहरुलाई कार्वाही गरिनुपर्छ । कालो धनको छानविन गरिनुपर्छ । अर्थतन्त्रले धान्ने जतिको बजार अर्थात बलियो बजार बनाउनुपर्छ ।  
अहिले बजार घटेको कुरा नौलो होइन । यो घट्नुनै थियो घट्यो । फुलेको थियो, फुट्दैछ । कालोधनको छानविन हुने हो भने झन् फुट्छ र साँचो आकारमा आउँछ । 
कुरा भनेको सबैको सुन्नुपर्छ, मेरो पनि सुन्नुस्, विचार आफैं गर्नुस् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: