×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रोकिएन एभरेष्ट बैंकको ठगी धन्दा, एफपीओको झूठो प्रचार गर्दै, लगानीकर्ता झुक्याउँदै !

  • सुरज प्याकुरेल 
काठमाडौँ – बिगतमा नेपालीहरुको डाटा सुटुक्क भारत लागेको भन्ने आरोप लागेर निकै नै विवादित बनेको बैंक एभेरेष्ट बैंक एभेरेष्ट बैंक पुन: विवादमा तानिएको छ । रेमिटान्स कारोबारमा दादागिरीदेखि नेपालको कानुनको धज्जी उडाएकोसम्मका विषयमा मुछिएको एभेरेष्ट बैंकले फेरी एक पटक लगानीकर्ताहरुलाई झुटको खेती गर्ने प्रयास गरेको छ । 
बैंकले आफ्नो वेबसाइटमा राखेको पूूँजीवृद्धिको योजनामा स्पष्ट रुपमा ४५ करोडको एफपीओ निश्कासन गर्ने भनी उल्लेख गरी जनतामाझ भ्रम छर्ने कोसिस गरेको हो । बैंकले हालै नेपाल राष्ट्रबैंकमा बुुझाएको पूँजीवृद्धिको योजनामा एफपीओको प्रस्ताव उल्लेख गरिएको छैन । 
स्रोतका अनुसार बैंकले एफपीओ जारी नगर्ने पक्का पक्की भइसक्दा पनि  आफ्नो वेबसाइटमा भने ४५ करोड बराबरको एफपीओ जारी गर्ने भनेर लगानीकर्तालाई झुट बोलीरहेको छ ।

हेर्नुहोस् तस्विर आफैं बोल्छ :
यो पनि पढ्नुहोस् :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: