
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – गौतम बुद्ध भारतमा जन्मिएको दावी गर्ने शुभारम्भ पब्लिकेसनले उन्मुक्ति पाएको छ । गौतम बुद्ध भारतमा जन्मिएको भन्ने उल्लेख गरी विद्यार्थीहरुलाई भ्रम छर्ने प्रयास गरेको उक्त पब्लिकेसनलाई पाठ्यक्रम विकासकेन्द्रले सचेत मात्र गराएर छाडिदिएको छ । यस विषयलाइ पहिलोपटक अर्थ सरोकार डटकमले सार्वजनिक गर्दै शुभारम्भ पब्लिकेसनको कर्तुतको पर्दाफास गरीको थियो ।
अर्थ सरोकार डटकममा उक्त समाचार सार्वजनिक भएपछी पब्लिकेसनलाइ कार्वाही हुन्छ वा हुँदैन भन्ने विषय पाठकमाझ कौतुहलताको विषय बनेको थियो । अर्थ सरोकार डटकमले समेत सम्पादकीय लेख्दै यसरी गौतम बुद्धबारे गलत संदेश प्रवाह गर्नेलाई कार्वाही गर्न माग गरेको थियो । तर पब्लिकेसनलाइ कार्वाही हुन्छ भन्ने धेरैको आशालाई निराशामा परिणत गर्दै पब्लिकेसनलाइ उन्मुक्ति दिईएको छ ।
पब्लिकेसनले गौतम बुद्धको जन्मस्थल सम्बन्धी कुनै भ्रम पार्ने उदेश्य नरहेको र छपाईका क्रममा वाक्य केहि अधुरो भई भ्रम सृजना भएको महशुस गरेकाले त्यस्तो गल्ती नदोहोर्याउने प्रतिवद्धता व्यक्त गराएर छाडिएको पाठ्यक्रम विकास केन्द्रले प्रधानमन्त्री कार्यालयलाई बुझाएको पत्रमा उल्लेख गरिएको छ । अर्थ सरोकार डटकमसँग समेत कुराकानी गर्दै पब्लिकेसनका एकेडेमिक डाइरेक्टर दिनेश अधिकारीले विवादित पाठ हटाएको दावी गरेका थिए।
तर उक्त पब्लिकेसनले पाठ्यक्रम विकास केन्द्रका पदाधिकारीलाई मोटो रकम घुस खुवाएपछी केस मिलेको दावी गर्दै उक्त पब्लिकेसनविरुद्ध केहि शिक्षकहरु अख्तियारसम्म पुग्ने भएका छन् । अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार, कितावका सम्पादक मेजर जनरल अनन्त बहादुर थेवे, लेखिका संगीता थेवे र पब्लिकेसनका एकेडेमिक डाइरेक्टर दिनेश अधिकारीसहितको मिलेमतोमा मोटो रकम खुवाएर यो प्रकरणलाइ साम्य पार्न खोजेको भन्दै तीन जनाको विरुद्धमा अख्तियारमा शिक्षकहरुको एक समूहले उजुरी गर्ने तयारी गरिरहेको छ ।
भएको के थियो ?
शुभारम्भ पब्लिकेसनले छापेको कक्षा ९ को सामाजिक शिक्षा विषयको एक पाठमा गौतम बुद्ध भारतमा जन्मिएको भन्ने उल्लेख भएको भन्दै छापेको प्रमाणसहित कुमार बालदले प्रधानमन्त्री कार्यालयमा उजुरी दिएका थिए । यो विषयलाई मिडियामा पहिलो पटक अर्थ सरोकार डटकमले ‘ब्रेक’ गरेपछि सामाजिक सञ्जालमा यसको तीब्र बिरोध भएको थियो भने पब्लिकेसनका प्रतिनिधिले समेत आफ्नो गल्ती भएको स्वीकार्दै यसलाई सच्याउने प्रतिबद्धता जनाएका थिए । तर मिडियासँग उनले गरेको प्रतिबद्धता अनुसार काम नभएको बरु उल्टै पैसाका भरमा आफु विरुद्ध परेको उजुरीलाइ थामथुम पार्ने प्रयासमा पब्लिकेसन लागेको स्रोतको दावी छ ।
कमिसनको खेलको आशंका !
यसरी प्रमाण सहित उजुरी गर्दापनि पब्लिकेसनलाइ सचेत मात्र गराएर छोड्नुका पछाडी कमिसनको खेल भएको स्रोतको दावी छ । ‘यो विषयले ठूलो रुप लिने भएपछी पब्लिकेसन र पाठ्यक्रम विकास केन्द्रका पदाधिकारी बीच कमिसनको खेल भएको छ । शुभारम्भ पब्लिकेसनलाई कार्वाही हुने भएपछी मोटो रकम पाठ्यक्रम विकास केन्द्रका प्रतिनिधिलाइ घुस खुवाएको छ । हामी पब्लिकेसन विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग जाँदैछौं ।’ स्रोतले भन्यो ।
यो पनि पढ्नुहोस् :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्