
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा पेश भएको संविधान संशोधन विधेयक पारित हुने दाबी गरेका छन्। शनिबार नेपाली कांग्रेस काभ्रे क्षेत्र नं १ अन्तर्गत कोसीपारीका ९ वटा गाउँ कार्य समितिले संयुक्त रुपमा गोठपानीमा आयोजना गरेको आमसभामा उनले एमाले लगायतका प्रतिपक्षी दलहरुमाथि अनावश्यक बखेडा निकालेर संसद् अवरुद्ध पारेको आरोप लगाए।
उनले एमाले लगायतका प्रतिपक्षी दलले गरेको आन्दोलनले मधेस र पहाडलाई ध्रुविकरण गराएको आरोप लगाए। उनले संसद सुचारु भएपछि संविधान संशोधन प्रस्ताव, निर्वाचन सम्बन्धी प्रस्ताव र अख्तियार प्रमुख लोकमान सिंह कार्की विरुद्धको महाअभियोग प्रस्ताव अघि सबे एकैसाथ अघि बढ्ने दाबी गरे।
मधेसी जनता कोहीभन्दा कम राष्ट्रवादी छैनन्, देउवाले भने, सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्ताव मधेसी जनताको भावना अनुसार आएको हुँदा त्यसमा सबै एक भएर अघि बढ्छौ।
देउवाले संविधान संशोधन प्रस्ताव पारित भएपछि मधेसी र आदिवासी जनजातिका समस्या समाधान हुने बताए।् एक अर्का प्रसङ्गमा उनले कोसीपारीको सडक धेरै समय धुलाम्मे नहुने आश्वासन दिए। उनले भने म प्रतिवद्धता जाहेर गर्दछु यो सडक चाँडै कालोपत्रे हुन्छ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्