
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – आइक्यानका पूर्व अध्यक्ष समेत रहेका सुबोध कर्ण साउथ एसिएन फेडेरेसन अफ एकाउन्टेन्ट्स (साफा) को उपाध्यक्ष चयन भएका छन् । सबै राष्ट्रका प्रतिनिधि पालैपालो उपाध्यक्ष र अध्यक्ष हुने नियम अनुसार उनी उपाध्यक्षमा चुनिएका हुन् । अर्को बर्ष उनी स्वत: साफाका अध्यक्ष हुनेछन् ।
आइक्यानको काउन्सिलका केहि सदश्यहरुमध्येबाट उनलाई पठाउन नहुने भन्ने लाविङ भएको भएपनि आइक्यान अध्यक्ष र उपाध्यक्षको सहमतिपछी काउन्सिलमा उनीविरुद्ध कोहि पनि अगाडी नदेखिएपछि अन्ततः उनलाई सिफारिस गरिएको एक काउन्सिल सदस्यले बताए ।
‘अन्तराष्ट्रिय प्लेटफर्ममा अलि गतिलो अंग्रेजी बोल्न सक्ने मान्छे पठाउनुपर्छ भन्ने पक्षमा हामी केहि थियौं । कर्णको भाषणले कतै आइक्यानको इज्जतमाथि असर त गर्दैन भन्ने सल्लाह पनि गरिरहेका थियौं । तर आरए तर्फका सबै र सिएका अधिकांस उनकै पक्षमा बोल्ने भएपछी हामीले छुच्चो मुख गरेनौं ।’ एक काउन्सिल सदश्यले भने ।
यता आइक्यानले निर्धारण गरेको न्योंअतम लेखापरिक्षण शुल्कका सम्बन्धमा आफ्नै पालामा गरेको निर्णय विपरित काम नगर्ने भन्दै नरेन्द्र भट्टराइले छोडेको नेपाल टेलिकमको अडिटको काम पनि सुबोध कर्णले गरेपछि सिए क्षेत्रको ठूलो समूह उनीसँग असन्तुष्ट भएको थियो ।
जे होस्, नेपालले पाएको यो मौकालाई कर्णले सदुपयोग गर्न सकून् ! हाम्रो शुभकामना !
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्