
- प्रनिश थापा /अर्थ सरोकार डटकम
काठमाण्डौ – चितवनको पर्यटकीय नगरी सौराहामा ११ औँ संस्करणको “सौराहा फुड फेष्टिबल” हुने भएको छ । क्षेत्रीय रेष्टुरेण्ट एण्ड बार एशोसियसन रेवान चितवनको आयोजनामा यहि माघ २९ देखि फागुन ४ गते सम्म फुड फेष्टिकलको हुने भएको हो । फुड फेष्टिकलको तयारी अन्तिम चरणमा पुगेको छ ।
फेष्टिबल सम्पन्न गर्न आवश्यक पर्ने स्टल निर्माण, प्रचारप्रसार र विभिन्न ठाउँमा स्वागत गेट निर्माण को काम धमाधम भइरहेको उनले बताए । साथै , दर्शक पर्यटकहरुलाई दिने भनिएको छुटको अनुगमन गरि छुट नदिएको पाईए प्रशासनको रोहवरमा कडा कार्वाही गर्ने तयारी समेत यस पटक गरेको उनले बताए । रेवानले प्रेम दिवसको अवसर पारेर सदा झैं यो बर्ष पनि फुड फेष्टिबलको आयोजना गर्न लागेको हो ।
फेष्टिबलमा ६० बढी खानाका स्टलहरुबाट स्वदेशी तथा विदेशी खानाका परिकारहरु राखिने क्षेत्रिय रेवानका अध्यक्ष लालबहादुर भट्ट राजनले बताए । थारू संस्कृतिको संरक्षणको लागि फेष्टिबलमा परम्परागत थारू समुदायका खाना र सांस्कृति नृत्य प्रस्तुत गरिने उनले बताए । पाँच दिनसम्म चल्ने सो फेष्टिबलमा विभिन्न मनोरञ्जनात्मक खेलकुद प्रतियोगितासमेत गरिने छ ।
फेष्टिबलमा रेष्टुरेण्ट कर्मचारीबीच वेटर रेस, प्रेमपत्र लेखन, रतौली गीत, भजन चुड्का र बालबालिकाबीच बेलुन फुटाउने प्रतियोगिता समावेश गरिएको संयोजक गिरीले बताए । फेष्टिबल सम्पन्न गर्न ४० लाख रूपैयाँ खर्च हुने र आम्दानी भने ५० लाख गर्ने आयोजकले अनुमान गरेको आर्थिक संयोजक । फेष्टिबलबाट भएको आम्दानीबाट, सामाजिक कामहरु राप्ती नदी संरक्षण, होली पर्व, उज्यालो सौराहा, बालश्रम न्यूनीकरण, सडक बालबालिका पुनस्थापनामा सहयोग गरिने अध्यक्ष भट्टले बताए ।
फेष्टिबलको अवसरमा रेवानले पर्यटकलाई १५ प्रतिशत छुट दिने घोषणा गरेको छ । प्रेम दिवस मनाउन सौराहा आउने युवायुवतीलाई केन्द्रित गरी व्यवसायीहरुले खाना र आवासमा १५ प्रतिशत छुट दिने भएका हुन् । साना पर्यटन व्यवसायी समूहसँग सहकार्य गरेर व्यवसायीहरुले सामान खरिदमा ३० प्रतिशत छुट दिन लागेको रेवान सौराहाका महासचिव दीपेन्द्र खतिवडाले बताए ।
दिइएको उनको भनाइ छ । फेष्टिबलको सांस्कृतिक कार्यक्रम अन्तर्गत राजेश पायल राई, पशुपति शर्मा, बद्री पंगेनी, रमेशराज भट्टराई, प्रजापति पराजुली, शान्ति श्री परिवार, कमल खत्री, दुर्गा सापकोटा, सम्झना भण्डारी, माण्डवी त्रिपाठी लगायतका कलाकार हरुको प्रस्तुति रहने सांस्कृतिक कार्यक्रम संयोजक नवीन नेपालले जानकारी दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्