
काठमाडौं – त्रिभुवन विश्वविद्यालयले १४ फागुनमा गर्ने भनेको स्ववियु चुनाव चार दिन सरेको छ । त्रिवि पदाधिकारी र विद्यार्थी संगठनबीचको छलफलपछि चुनाव १८ फागुनका लागि सारिएको खबर आजको नयाँ पत्रिकामा छ ।
मिति सरेपछि विप्लव माओवादीनिकट अखिल क्रान्तिकारी पनि चुनावमा सहभागी हुने भएको छ । त्रिविका विद्यार्थी कल्याण निर्देशनालयका कार्यकारी निर्देशक गंगाबहादुर थापाले शुक्रबार बस्ने कार्यकारी परिषद्को बैठकले १८ गते चुनाव गर्ने निर्णय गर्ने बताए ।
विप्लव माओवादीनिकट अखिल क्रान्तिकारीले देशैभरका क्याम्पसमा ताला लगाएको थियो । उता नेविसंघका असन्तुष्टले २८ वर्षे उमेर हदबन्दीको विरोधमा उपत्यकाका १० क्याम्पसमा ताला लगाएका थिए । तालाबन्दी र चुनाव बिथोल्ने धम्कीका कारण १ फागुनदेखि सुरु चुनावी प्रक्रिया प्रभावित भएको थियो ।
छलफलमा नेविसंघका अध्यक्ष नैनसिंह महरले असन्तुष्टले लगाएको ताला शुक्रबारदेखि खुल्ने दाबी गरे । उनले ताला नखोले कारबाही गर्नेसमेत बताए । केही विद्यार्थी संगठनले स्ववियु चुनाव पूर्ण समानुपातिक प्रणालीमा हुनुपर्नेसमेत माग राखेका थिए । सो मागलाई कार्यदल बनाएर यसपछिका स्ववियु चुनावमा सम्बोधनका लागि छलफल गर्ने पदाधिकारीले बताएका थिए ।
यो पनि पढ्नुहोस्
- FSU Election Express: स्ववियु निर्वाचन सार्ने सहमति, नयाँ तालिका केहि समयपछी सार्वजनिक हुँदै !
- FSU Election Express : स्ववियु निर्वाचन अधिकारीको अपहरण, अनेरास्ववियु र नेविसंघ चुनाव सार्ने प्रयासमा
- FSU Election Express : स्ववियु निर्वाचन घोषणाका त्रुटी सच्याउन माग गर्दै १० विद्यार्थी संगठन एकै ठाउँमा
- FSU Election Express : स्ववियु निर्वाचनको यस्तो छ अनेरास्ववियुको तयारी, (रश्मी आचार्यसँगको अन्तर्वार्ता)
- क्रान्तिकारी विद्यार्थी नेतृ सुनिता बम भन्छिन्, ‘टियु आफैं निहु खोजीरहेको छ, थुप्रै पटक नैतिक बेइमानी गरेको छ’
- ‘नेवि संघले अव कहिले पनि टायर बाल्दैन, विद्यार्थीको मन जितेर चुनाव जित्छ’ विनोद वान्तवासँगको अन्तर्वार्ता
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्