- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन सार्न प्रमुख दलनिकट विद्यार्थी संगठनका नेताहरुबीच सहमति भएको छ । प्रमुख विद्यार्थी संगठन र आन्दोलनरत विप्लव माओवादी निकट विद्यार्थी संगठनका नेताहरुको बिहीबार बिहान बसेको संयुक्त बैठकमा स्ववियु निर्वाचन पाँच दिन पछि सार्ने सहमति भएको हो ।
अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार इन्द्रेणी फुडल्याण्डमा बसेको बैठकमा नेविसंघ अध्यक्ष नैनसिंह महर, अनेरास्ववियु अध्यक्ष नविना लामा, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपाने र विप्लव माओवादी निकट अखिल क्रान्तिकारीका महासचिव दिपेन्द्र चलाउने सहभागी थिए ।
यो पनि पढ्नुहोस्
- FSU Election Express : स्ववियु निर्वाचन अधिकारीको अपहरण, अनेरास्ववियु र नेविसंघ चुनाव सार्ने प्रयासमा
- FSU Election Express : स्ववियु निर्वाचन घोषणाका त्रुटी सच्याउन माग गर्दै १० विद्यार्थी संगठन एकै ठाउँमा
- FSU Election Express : स्ववियु निर्वाचनको यस्तो छ अनेरास्ववियुको तयारी, (रश्मी आचार्यसँगको अन्तर्वार्ता)
- क्रान्तिकारी विद्यार्थी नेतृ सुनिता बम भन्छिन्, ‘टियु आफैं निहु खोजीरहेको छ, थुप्रै पटक नैतिक बेइमानी गरेको छ’
- ‘नेवि संघले अव कहिले पनि टायर बाल्दैन, विद्यार्थीको मन जितेर चुनाव जित्छ’ विनोद वान्तवासँगको अन्तर्वार्ता