
एजेन्सी – चीनले सन् २०१६ मा एक हजार ६०० विदेशीलाई स्थायी बसोबासका लागि अनुमतिपत्र ‘ग्रीन कार्ड’ वितरण गरेको चिनियाँ ‘पब्लिक सेकुरिटी’ मन्त्रालयले जनाएको छ ।
चीनले सन् २०१५ को सेप्टेम्बरदेखि आप्रवासी सम्बन्धी नीतिमा परिवर्तन गर्दै स्थायी बसोबासका लागि अनुमति दिने प्रक्रियालाई सजिलो पारेको थियो । यससँगै सन् २०१६ मा विदेशी नागरिकलाई प्रदान गरिएको स्थायी बसोबासको अनुमति १६३ प्रतिशतले वृद्धि भएको मन्त्रालयद्वारा हालै जारी विज्ञप्तिमा जनाइएको छ ।
ग्रीन कार्ड पाएका विदेशीले चीनमा चिनियाँ नागरिकले सरह लगानी, घर जग्गा खरिदलगायतका अधिकार उपभोग गर्न पाउने छन् ।ग्रीन कार्ड सम्बन्धी नयाँ कानुन आएसँगै सो सुविधा लिनका लागि निवेदन दिने विदेशीको सङ्ख्यामा छ गुणाले वृद्धि भएको मन्त्रालयले बताएको छ ।
नयाँ आप्रवासी सम्बन्धी कानुनसँगै बेइजिङमा ग्रीन कार्डका लागि निवेदन दिनेको सङ्ख्यामा सन् २०१५ को तुलनामा गत वर्ष ४२६ प्रतिशतले वृद्धि भएको छ ।सन् २०१६ मा चीनमा पाँच करोड ६५४ लाख विदेशी पर्यटक पुगेका थिए । यो सन् २०१५ को तुलनामा ८।९ प्रतिशतले बढी हो ।
चीनका १५ सहरमा केही मुलुकलाई ७२ घण्टाको ‘भिसा फ्री’ यात्राका लागि अनुमति दिने गरिन्छ । साङघाई, जियाङ्सु र झेझियाङले भने १४४ घण्टे भिसा फ्री भ्रमणको व्यवस्था गरेको छ । तर यो सुविधा विश्वका केही मुलुकका लागि भने मात्रै लागू गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्