
- अर्थ सरोकार सम्बाददाता
ठमेल । आफैंमा एउटा महँगो ठाउँ । त्यसमाथिपनि डान्सबार, सस्तो हुने कुरै भएन । बारभित्र छिर्ने बितिक्कै केटि, चुरोट, रक्सी र मस्ती । अगाडी डान्स । पटुकी र चौबन्दी चोलीमा देखि ब्रा र पेन्टीमात्र लगाएरसम्मका नृत्य । गेष्टका च्वाइसदेखि आफ्नै सेडुलसम्म । सबैखाले रमाइलो । ग्राहकको उदेश्य मस्ती र डान्सबारवालाको उदेश्य पैसा । त्यहि खेलमा मनपरी शुल्क अशुली । ठमेलमा हुने डान्सबारमा यस्तै यस्तै हुन्छ ।
शनिबार नाइट लाइफ @ ठमेलको विशेष सिरिज तयार गर्न हाम्रो समूह पनि पुग्यो ठमेल । ठमेल जाँदै गर्दा एक अन्दाजी १६ वर्षका किशोर बोले, ‘दाइ ! हाम्रो नयाँ डान्सबार, तपाईंलाइ ३० % डिस्काउन्ट !’ हामीले सोध्यौं कस्तो छ ?’ उनले जवाफ फर्काए, ‘एक पटक हेर्नुहोस् न दाइ ! मन परे बस्नुस्, नपरे नबस्नुस् ।’
हामी भित्र छिर्यौँ । अगाडी हिन्दि गितमा उत्तेजित नृत्य बजिरहेको थियो । ३ जनाको समूहमा बसेका हामीलाई ‘सर्भ’ गर्न तीन निकै राम्री अन्दाजी २० – २२ बर्षका तरुनीहरु आइपुगे । के लिनुहुन्छ ? उनीहरुको पहिलो प्रश्न । एकछिन डान्स हेरौं, दुइटा बियर ल्याईदिनुस् न !’ हामीले जवाफ फर्कायों । बियर खाने भन्दै हामीले बियरको मेनु हेर्यौं। कार्ल्स बर्ग बियर । मूल्य ६९० । एकछिन पछी बियर आइपुग्यो ।
‘अनि तपाईं कहाँबाट आउनुभएको नि ?’ एक तरुनी बोली ।
‘अँ ! त्यहि बानेश्वरबाट ।’ हामीले जवाफ फर्कायौं ।
झ्याप्प अँगालो मारेर एक किस गर्दै उनी फेरी बोली, ‘ कस्तो राम्रो यार तपाईं त !’
यता दुइ अन्य तरुनीहरुको चाल त्यस्तै थियो ।
एकैछिनमा बियर आइपुग्यो । ‘दाइ हामी १-१ वटा जुस खान्छौं है !
‘हुन्छ’ हामी बोल्यौं ।
केहि छिनपछी साना ग्लासमा ८ ठाउँ जुस आइपुग्यो ।
‘हामीले त ३ वटा मात्र मगाएका थियौं नि !’ हामी बोल्यौं
‘होइन, होइनम यो सेट नै हो ! ८ ग्लास हुन्छ । कति नै हुन्छ र हेर्नुस् न, एक चुस्की न हो ।’
हुन पनि चुस्कीमात्रैजस्तो वाला ग्लास थियो । लगभग १ लिटर जुसलाई ८ ग्लासमा राखिएको ।
हामीलाई त्यहाँको वातावरण बुझ्नु थियो । जति कुरा गर्दै गयो, त्यति घरी वाइन खान्छौं, घरी चुरोट खान्छौं नि है भनेर सोध्न थालेपछि हामी एकैछिनमै त्यहाँबाट निस्कने निर्णय गर्यौं ।
जव बिल तिर्ने बेला आयो, हामी बियरको मूल्य हेरेर होइन, जुसको मूल्य हेरेर छक्क पर्यौं । ८ ग्लासमा ल्याइएका ४ सेट भनिएका जुसको कुल मूल्य ४८०० रुपैयाँ रहेछ ।
‘जुस त अलि महँगो भएन र ?’ हामीले सोध्यौं ।
‘कम्पनीको मेनु प्राइस हो दाइ !’
‘कति हुन्छ त्यो ८ ग्लासमा ?’ हामीले सोध्यौं ।
उनले नढाटी भने, ‘एक लिटर’
‘अनि एक लिटर जुसको ४८०० त अति भएन र ? बजारमा २१५ रुपैयाँ पर्ने चिज । बजारमा चाहिं ६९० मात्र अनि २१५ रुपैयाँ पर्नेचाहिं ४८०० ? ‘ हामीले सोध्यौं ।
‘त्यसरी हिसाव गरेर कहाँ हुन्छ र दाइ ? केटिहरुलाई दिनुपर्यो । तपाईंलाई यहाँ ल्याउनेलाइ दिनु पर्यो ।
‘यहाँ सर्भिस चार्ज लेखेकै छ त ?’ हामीले पुन सोध्यौं ।
‘यो त छुट्टै हो दाइ !’ उनले जवाफ फर्काए ।
दुइटा बियर, १ लिटर जुस र २वटा चुरोटको मल्य, ६८८६ आइपुग्यो ।
‘अनि त्यहाँ भाइले ३० % छुट भनेको थियो नि त ?’ हामी बोल्यौं ।
‘कहाँ छुट हुन्छ दाइ ! त्यो भाइले भनेन पक्कै ! ३० % छुट भन्ने कुरा त हाम्रोमा सोच्न पनि सकिन्न। ‘
उनी कता हराए कता । तीनमध्येका एक हामीले उनलाई खोज्यौं । तर उनी माथि, तल कतै भेटिएनन् ।
हामीले ४००० तिर्छौं नि हुन्न ? भनेर बिलमा लेखिदियौं । उनीहरुले मानेनन् । हामीले केहिबेर कुरा गर्यौं । तर मानेनन् ।
‘त्यसो भए हामीलाई बिल दिनुस् !’ हामीले भन्यौं ।
उनले नाम नदेखिने पाराले बिल काटे । र दिए ।
‘यस्तो पनि बिल हुन्छ ? खै कम्पनीको नाम ?’ हामीले सोध्यौं ।
उनले छाप लगाउंदै भने । ‘ल छाप नै लगाईदिन्छौं नि हामी ।
माथि कम्पनीको नाम देखिएन । अर्को दिनुस् न ! भन्ने हाम्रो प्रश्नमा उनले ‘मिल्दैन’ जवाफ फर्काए ।
खै यो त भ्याट बिल होइन रहेछ । हामीलाई भ्याटबिल दिनुस् न !
उनले भने, ‘भ्याट बिल भए त अर्को १३ % पनि लाग्छ ।’
‘त्यो कुरा मेनुमा प्रष्ट लेखेको छैन नि ?’ हामीले सोध्यौं ।
प्राय कसैले पनि यस्तो ठाउँमा भ्याट बिल माग्दैन । चाहिन्छ भने १३ % तिर्नुस्, लैजानुहोस्’ उनले भने ।
त्यसपछि हामी त्यहि सामान्य बिल लिएर फर्कियौं ।
यो त प्रतिनिधि घटना मात्र हो । यसैगरी लुट हुन्छ, ठमेलमा ।

के छ कानुनमा ?
भ्याट ऐन २०५८ अनुसार भ्याटमा दर्ता भएका कुनै पनि कम्पनी वा फर्मले भ्याट बिजकबाहेकका अन्य बिजक जारी गर्नु गैरकानुनी हो भन्ने स्पष्ट उल्लेख गरेको छ । ऐनमा भ्याटमा दर्ता भएका कुनै पनि फर्म वा कम्पनीले भ्याट बिजक बाहेक अन्य बिजक जारी गरेमा, भ्याट बिजक जारी नगरेमा, कम मूल्यको बिजक जारी गरेमा कानुनी कारवाही गर्न सक्ने स्पष्ट व्यवस्था गरेको छ ।
सबैतिर सेटिङ, खुलमखुल्ला कर छली
ठमेलमा रहेका थुप्रै डान्सबार तथा होटलहरुमा यसै गरी कर छली हुने गरेको छ । कतिले अवैध रुपमा भ्याट उठाउने गरेका छन् भने कतिले बिजक जारी गर्ने गरेका छैनन् । कतिपयले त भ्याट उठाउने तर बिजक जारी नगर्ने गरेका छन् । जसका कारण एकातर्फ अवैध भ्याटको मारमा ग्राहक परेका छन् भने अर्कोतर्फ बिजक जारी नगर्दा सरकारको करोडौं रुपैयाँको राजश्व गुमीरहेको छ । ‘सबैतिर सेटिङ हुन्छ । कसले बोल्ने ?’ ठमेलका एक व्यापारीले अर्थ सरोकार डटकमसँग भने ।
यो पनि पढ्नुहोस् :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्