×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘उ’, ‘मिसन म्यान’ अर्थात ‘पुरुष बेश्या’, जोसँगको एक रातका लागि ५० हजारसम्म खर्चन्छन् महिला

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

‘उ’, ‘मिसन म्यान’ अर्थात ‘पुरुष बेश्या’, जोसँगको एक रातका लागि ५० हजारसम्म खर्चन्छन् महिला

१६ फाल्गुन २०७३, सोमबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
हुन त ठमेल सधैं रामिरहन्छ, सधैं जमिरहन्छ । त्योमाथि पनि शुक्रबार । बेग्लै रौनक थियो ठमेलमा । रंगीन आनन्द, रंगीन रमाइलो, नशामा झ्याप भएकाहरुदेखि जवानीका प्यास मेटाउनेहरुको भीड । छुट्टै संसारजस्तो । र हामी खोज्दै गयौं, ठमेलका केहि तीता, केहि मिठा यथार्थ । ठमेल, यौनकर्मीहरुको अखडाकै रुपमा लिने गरिन्छ । काठमाडौँमा भएका अधिकांस डान्सबारदेखि नाइट क्लबहरु ठमेलमै छन् । तर आजको प्रसङ्ग महिला यौनकर्मी होइन, पुरुष यौनकर्मीको हो ।   
ठमेलको एउटा होटल । जहाँ त्यस्ता पुरुष बेश्या हुन्छन् भन्ने थाहा पाएपछि हामी ग्राहक बनेर त्यहाँ गयौं । महिला यौनकर्मीजस्तो सजिलै डिल नहुने रहेछ । त्यसमा पनि थरी थरीका पुरुष बेस्या । एक रातको ५ हजारदेखि ५० हजारसम्मको रेट । दलाली महिला । हामीले पनि एक दलालीसँग सम्बाद गर्यौं यसरी :
सम्बाददाता : अँ ! यहाँ हाम्रा लागि पनि व्यवस्था मिल्छ भनेर आको !
दलाली महिला : अँ ! पाइन्छ !
सम्बाददाता : कस्तो कस्तो पाइन्छ ?
दलाली महिला : कस्तो भन्या कस्तो ? खोजे जस्तो पाइन्छ ।  बबाल ‘पावर’वाला ।
सम्बाददाता : फोटो हेर्न मिल्छ ?
दलाली महिला : फोटो किन मान्छे हेर्नुस् न (होटलको कुनामा बियर पीउंदै गरेका ३ पुरुषलाई देखाउँदै) कुनसँग गर्ने ?
सम्बाददाता : कहाँ गर्ने हो ? घर लैजान पाइन्छ कि यतै हो ?
दलाली महिला : दुवै पाइन्छ । एक पटक सोध्नुपर्छ ।
सम्बाददाता : रेट कति हो नि ?
दलाली महिला : १ घण्टा हो भने ५००० ।
सम्बाददाता : अनि होल नाइट नि ?
दलाली महिला : कति जना हो ?
सम्बाददाता : हामी दुइ जना 
दलाली महिला : दुइ जना लाने हो ?
सम्बाददाता : दुइ जना लागे कति, एक जनाको कति 
दलाली महिला : दुइ जना नै लैजाने हो भने म होल नाइट मिलाएर गर्दिन्छु । यहाँ माथि नै बस्ने हो भने दुइ जनाको १० हजार सम्म गर्दिन्छु । बाहिर लाने हो भने दुइ जनाको १५००० ।
सम्बाददाता : कस्तो कस्तो पाइन्छ यहाँ ?
दलाली महिला : जस्तो भने त्यस्तै । ५००० द्केही ५० हजारसम्म लिने हुन्छन् ।
सम्बाददाता : ए.ए. नाम के हो तिनीहरुको ?
दलाली महिला : कसैको नाम छैन, सबै मिसन म्यान भनेर चिन्ने हो ।
सम्बाददाता : कण्डम प्रयोग गर्छन् कि नाइँ ?
दलाली महिला : केटिहरुको जस्तो रिस्क हुन्न नि । तपाईंले जे भने त्यहि गर्छन् ।
सम्बाददाता :  पुलिसको डर त हुन्न नि ?
दलाली महिला : हुँदैन । हामी सब व्यवस्था मिलाउँछौं ।
सम्बाददाता : तपाईंको नम्बर दिनुस् न । मेरो साथी उता बसेकी छे, म लिएर पनि आउंछु ।
दलाली महिला : हुन्छ । ल टिप्नुस त, ‘९८०.…. ‘    
यो त प्रतिनिधि घटनामात्र हो । ठमेलमा दिनहुँ हुन्छन् यस्ता सेटिङ । झट्ट हेर्दा कुनै फिल्मका हिरो जस्तो । तर काम बेस्यावृति । पुरै दलाली मार्फत काम । महिला बेस्याहरुजस्तो आफैं डिल नहुने रहेछ । सस्तोमा ५०००देखि महँगोमा ५०००० सम्म प्रति रात ।                           
सरकारी तथ्यांक भन्छ, ‘२० हजारभन्दा बढी पुरुष यौनकर्मी सक्रिय ‘
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको अगुवाइमा भएको अध्ययनले नेपालमा २० हजारभन्दा बढी पुरुष यौनकर्मीहरू रहेको तथ्यांक केहि समय अगाडी सार्वजनिक गरेको थियो । केन्द्रको अगुवाइमा ४४ जिल्लामा गरिएको अध्ययनअनुसार २० हजार ६ सय २५ पुरुष यौनकर्मी (जिगेलो) छन् । इन्टरपिड नेपालले चार महिना लगाएर गरेको यस्तो अध्ययनले नेपालमा पुरुष यौनकर्मीको संख्या बढ्दो मात्रामा रहेको समेत दाबी गरेको थियो।  पहिलोपटक सन् २०१० मा मुलुकमा महिला यौनकर्मीहरूको तथ्यांक संकलन गरिएको थियो । २०७३ भदौदेखि मंसिरसम्म गरिएको अध्ययनले नेपालमा १ लाख ११ हजार ८ सय ५२ पुरुषमध्ये करिब २४ हजारको हाराहारीमा तेस्रोलिंगी, २० हजार ६ सय २५ पुरुष यौनकर्मी तथा ६८ हजार ६४ समलिंगी पुरुष रहेको अनुमान छ । ६ वर्षको अवधिमा महिला यौनकर्मीको संख्या दोब्बरले वृद्धि हुनु आश्चर्यजनक भएको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. तरुण पौडेलले बताए ।

यो पनि पढ्नुहोस् :
ठमेलको डान्स बार, जहाँ एक लिटर ‘रियल जुस’ को ४८०० पर्छ !

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: