Skip to content
LAXMI SUNRISE BANK

नेपाली १० रुपैयाँको नोट छाप्ने अनुमति फ्रान्सेली कम्पनीलाई

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – १० रुपैयाँ दरका नयाँ नोट फ्रान्सबाट आउने भएको छ। नेपाल राष्ट्र बैंकले एक साताअघि फ्रान्सको ओवेरथुर फिडुसाएर एसएएस ७ एभेन्यु द मेसिनलाई नोट छाप्ने जिम्मा दिएको हो।
कम्पनीले १० रुपैयाँ दरका २४ करोड नोटको डिजाइन गर्ने, छाप्ने र आपूर्ति गर्ने जिम्मेवारी पाएको हो।
कम्पनीसँग भएको सम्झौता अनुसार आजको मितिमा एउटा नोट छाप्दा एक रुपैयाँ ४९ पैसा लाग्ने छ। कम्पनीसँग ३० लाख ६४ हजार ८०० युरो ९बिहीबारको दर एक युरो बराबर ११७ रुपैयाँ तीन पैसा० सम्झौता भएको हो।
सम्झौता अनुसार कम्पनीले ३५ करोड ८६ लाख ७३ हजार ५४४ रुपैयाँमा २४ करोड थान १० रुपैयाँ दरको नोट छाप्ने छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK