×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आजको वजारले लगानीकर्तालाई ‘सचेत’ मात्र गराएको हो की ‘सवक’ नै सिकाएको हो ?

  • नवराज घिमिरे , सेयर लगानीकर्ता तथा विश्लेषक

हिजो १२७४.९७ अंकमा वन्द भएको नेप्से इन्डेक्स आज एकैदिन १३१६.८० पुगेर वन्द भयो । एकै दिन ४१.८३ अंकले वजारमा वढोत्तरी भयो । सेयर वजारका वादशाह ‘वारेन बफेट’ भन्छन : बजारमा पैसा कति वन्यो भन्दा पनि कम्पनीले पैसा कति वनाई रहेको छ, भन्ने महत्वपूर्ण हुन्छ । उनकै भनाई अनुसार ‘ वजार रगताम्मे भएको वेलामा विस्तारै लगानी वढाउदै लानुपर्छ ‘ ।  
हो, यसै भनाइलाई अनुसरण गर्ने हो भनेपनि सेयर वजारवाट सायदै घाटा खाने स्थिती आउछ । लगानीकर्ता स्वयमले कम्पनी छनोट गर्दा गल्ति गरेको छैन भने सेयर वजार वाट उसले कदापी घाटा खाने छैन । किनकी धेरै कम्पनी हरुले दोस्रो त्रैमासिक विवरण सार्वजनिक गरि सकेका छन । राम्रा कम्पनीले गत वर्षको दोस्रो त्रैमासिक विवरण भन्दा यस वर्षको दोस्रो त्रैमासिक विवरणमा नाफाको प्रतिशत वढाएका छन । 
हामीले नेपाल स्टक एक्सचेन्जको सेयर त किनेको होइन नि, इन्डेक्स तल आयो भने घाटा खानलाई !  हामीले राम्रो कम्पनीको सेयरमा पैसा खन्याएका छौ भने त पेपरमा ‘लस’ देखिदैमा किन आत्तिने ? विश्वकै सेयर वजार भनेको उतार चडाप हुने वजार हो । हाम्रो देश अहिले राजनीतिक र आर्थिक हिसावले ठूलै प्रदुषणमा डुवेको छ । यस्तो विषम परिस्थितीमा राष्ट्र वैकले आगामी चैत्र मसान्तसम्मलाई मात्र भएपनि सिसिडी :  पूजीँ-कर्जा-निक्षप अनुपातलाई ८५% गरिदिने हो भने पनि पूजी वजारले कोल्टे फेर्ने निश्चित छ । 
पूजीँ बजार भनेको हिम्मतवालाको लागि हो हुतिहाराको लागि हैन, भन्ने यूक्तीलाई विगतका दुई हप्ताको कारोवारले देखाईदिएको छ । आफ्नो बिबेक कहिलै प्रयोग नगर्ने अनि अरुको कुराको पछि दौडिने र वजार घटछ वेच्न कुदने, अनि वजार बढ्छ, किन्न कुदने ! यो प्रवृतिको अन्त्य नभएसम्म पूजीँ वजारमा एकथरि लगानीकर्ताले घाटा खाइनै रहनेछन्  ।
यि कुरा हरुवाट लगानीकर्ता भने सनेच हुनै पर्छ । आजको बजारले केहि लगानीकर्तालाई “सचेत” मात्र गराएको छ भने केहि लगानीकर्तालाई ” सवक” नै सिकाएको छ ।
नवराज घिमिरेका यी विश्लेषण छुटे कि ?
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: