×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अनलाइन सिष्टम भित्र्याउने प्रक्रिया औपचारिक रुपमै सुरु, ९ महिनाभित्र हुनेछ कारोबारमा ‘क्लिक-क्लिक’

PRIME CA

अनलाइन सिष्टम भित्र्याउने प्रक्रिया औपचारिक रुपमै सुरु, ९ महिनाभित्र हुनेछ कारोबारमा ‘क्लिक-क्लिक’

अर्थ सरोकार

१९ माघ २०७३, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

नेपाल स्टक एक्सचेन्जले अनलाइन प्रणाली भित्र्याउन प्रक्रिया अघि बढाइएको औपचारिक जानकारी दिएको छ । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै नेप्सेले पाटन उच्च अदालतको फैसला बमोजिम अनलाइन प्रणाली भित्र्याउन वाईको प्रलिलाई काम अघि बढाउन निर्देशदन दिइएको जनाएको छ । नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरि पराजुलीले जारी गरेको विज्ञप्तिमा  यस्तो जनाइएको हो । 
यता अनलाइन सिष्टम पूर्णरुपमा कार्यान्वयनमा ल्याउन भने केहि समय लाग्नेछ । अनलाइन प्रणालीको सुरुवातका लागि अब सेवा प्रदायक कम्पनीले सिस्टम विकास काम सुरु गर्नेछ । त्यसपछि यसको परीक्षण गरी अन्य आन्तरिक तयारी गरिने र त्यसपछि अनलाइन कारोबार प्रणाली थालनी गर्न सकिने नेप्सेले जानकारी दिएको छ । 
नेप्सेले औपचारिक रुपमा नभनेपनि अवको ९ महिनाभित्र अनलाइन सिष्टम कार्वनयन गराईसक्ने तयारी अनुसार काम भइरहेको बुझिएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: