
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – अघिल्लो साधारणसभामा १:१ हक्रप्रद दिने निर्णय गरेर अहिलेको साधारण सभामा उक्त निर्णय फिर्ता लिने एजेन्डा लिएर अगाडी बढेको बैंकको सो निर्णयपछी अधिकांस लगानीकर्ता आक्रोशित भएको पाएपछि बैंकले नयाँ रणनीति लिएको छ । नयाँ रणनीति अनुसार यो एजेन्डाको विपक्षमा रहेका भीआइपी सेयर होल्डरहरुलाई लाखौँ रुपैयाँ बाँडेर बैंकले उक्त प्रस्ताव पास गराउने प्रयास गरेको छ । यसका लागि भीआइपी सेयर होल्डरहरुको पहिचान र उनीहरुलाई ‘मिलाउने’ जिम्मा बैंकको आन्तरिक बैठक बाट तोकिएको छ भने कुनै पनि हालतमा उक्त एजेन्डा पास गराउनुपर्ने भन्दै बैंकभित्र रस्साकस्सी सुरु भएको छ ।
सीइओको निर्देशन, ‘भीआइपी सेयर होल्डरहरुलाई ‘मिलाउनु’
यता बैंकका सीइओ नारायणबाबु लोहनीले कुनै पनि हालतमा यो एजेन्डा पास गर्नु पर्ने ‘प्रेसर’ भएकाले यसका लागि सम्पूर्ण रुपमा तयार गर्न बैंकका सम्बन्धित सबैलाई निर्देशन दिएका छन् । बैंकको उच्च स्रोतले दिएको जानकारी अनुसार बैंकभित्रै यो एजेन्डाबारे विवाद छ । सञ्चालक समितिको बैठकमा पनि यो विषयलाई लिएर राम्रै चर्काचर्की भएको थियो । ‘कुनै पनि हालतमा साधारण सभाको दिन विवाद हुनुहुन्न। ‘ स्रोत भन्छ, ‘सीइओले कडा निर्देशन दिएका छन् । यसो त सीइओलाइ पनि यो विवाद मिलाउन संचालक समितिको ठुलो ‘प्रेसर’ छ । र यो प्रेसरका बीच सीइओ अहिले कुनै पनि हालतमा यो एजेन्डालाई पास गराउने पक्षमा छन् ।
कुनै पनि हालतमा यस्तो हुन दिन्नौं : लगानीकर्ता संघका सह प्रवक्ता
यता लगानीकर्ता संघका सहप्रवक्ता समेत रहेका हरिश दाहालले भने बैंकले आफुले कबुल गरेको हकप्रद नदिइ अगाडी बढे जस्तोसुकै कदम चाल्न पनि आफुहरु पछी नहट्ने चेतावनी दिएका छन् । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै सहप्रवक्ता दाहालले संघमा रिलायबलका विरुद्ध उजुरी परिसकेकाले आउँदो साधारणसभामा जे पनि हुन सक्ने चेतावनी दिएका छन् । उनले पैसाको पावर देखाएर यस्तो निर्णय गर्न खोजे उक्त निर्णय आफुलाई मान्य नहुने स्पष्ट पारेका छन् । ‘रिलायबल डेभलोपमेन्ट बैंकले अघिल्लो साधारणसभामा १:१ हकप्रद दिने निर्णय गरेको थियो । त्यो कुनै पनि हालतमा कार्वानयन हुनुपर्छ । धितोपत्र बोर्डले पनि उक्त हकप्रद दिएरमात्र अगाडी बढ्न निर्देशन दिइसकेको बेला बैंकले मनपरी गरे हामीलाई मान्य हुने छैन ।’उनले भने ।
यो पनि पढ्नुहोस् :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्