×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

हुन्डाइ कार बेच्ने कम्पनी भन्छ, ‘पत्रकारको काम लेख्ने हो, लेखिरहुन्, हाम्रो काम जनता लुट्ने हो, लुटिरहन्छौं’

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेपालमा हुन्डाईका गाडीहरु बेच्ने कम्पनी लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले देखाउने दादागिरीले सीमा नाघ्न थालेको छ । हुन्डाईका विभिन्न मोडलको गाडी बेच्दा उक्त कम्पनीले नेपालको कानुन विपरित प्रति गाडी १० लाख रुपैयाँभन्दा बढी फाइदा लिएर बेच्ने गरेको र आफु ठगिएको थाहा पाएपछि केहि उपभोक्ता र कानुन व्यवसायीको समुहले कम्पनी विरुद्ध मुद्धा हाल्न लागेको खबर अर्थ सरोकार डटकमले सार्वजनिक गरेपछि कम्पनीका प्रतिनिधिले झन् दादागिरी देखाउन थालेका छन् । राजनीतिक आडका भरमा सबैतिर ‘सेटीङ’ मिलाएर जनता लुट्ने काम गरिरहेको कम्पनीले गाडी फिर्ता माग्न गएका आफ्ना ग्राहकहरुलाई ‘पत्रकारको काम नै लेख्ने हो, लेखिरहुन्’ भन्ने अभिव्यक्ति दिन थालेका छन् ।
शुक्रबार यस्तो भयो कम्पनीको नक्सालस्थित कार्यालयमा :
आफुले कम्पनीको बुटवल साखाबाट हुन्डाईको गाडी किनेको बताउने बुटवलका व्यवसायी पंकज राई शुक्रबार कम्पनीको नक्सालस्थित कार्यालयमा पुगेका थिए । उनीपनि बुटवलका ट्रीपर व्यवसायी हुन् । काम विशेषले केहिदिन अघि काठमाडौँ आइपुगेका उनले केहि समयअघि हुन्डाईको गाडी किनेका थिए । आफुले किनेको गाडीको भ्याट बिलसहित कार्यालय पुगेका उनले आफुले अर्थ सरोकार डटकमको समाचार हेरेको र आफु ठगिएको महसुस भएकाले गाडी फिर्ता गर्न के गर्नुपर्छ भन्ने प्रश्न गरेका उनलाई कम्पनीका सिनियर मार्केटिङ मेनेजर (ब्रान्ड) अवाशिष ओझाले पत्रकारहरुले विज्ञापन नपाएको झोंकमा यसरी लेखेको र त्यसले आफुलाई केहिपनि फरक नपर्ने दावी गरेका छन् । 
समाचारको खण्डन आवश्यक छैन : ओझा
‘अर्थ सरोकार डटकमले त निरन्तर १, २ गरेर हाम्रो समाचार लेखिरहेको छ । नेपाल आज भन्ने अनलाइनले पनि हाम्रो बारेमा समय अगाडी यस्तै समाचार लेखेको थियो । उनीहरुको काम नै लेख्ने हो । हाम्रो काम भनेको कार बेच्ने हो, नाफा कमाउने हो । उनीहरु लेखिरहन्छन्, हामी कार बेचिरहन्छौँ ।’ उनले भने । जवाफमा आफ्नो गाडी फिर्ता माग्न गएका राइले, ‘त्यस्तो भनेको त हामी लुटीरहन्छौं’ भनेको जस्तो भएन र ?’ भनी प्रश्न गर्दा उनले, ‘त्यो त बुझ्नेको कुरा हो, कसरी बुझ्ने हो’ भन्ने जवाफ दिएका थिए । पुन: राइले उनलाई, ‘त्यस्तो हो भने समाचार किन खण्डन गर्नुहुन्न ?’ हजारौं सेयर भएका छन्, लाखौँ ग्राहकले हेरेका छन्’ भन्ने प्रश्नमा उनले आफुहरुलाई त्यसले केहिपनि फरक नपारेको र आफ्नो विक्री पनि नघटेको हुनाले समाचार खण्डन गर्नुपर्ने कुनैपनि कारण नभएको बताए । 
‘के के माकति खर्च लाग्छ जनतालाई देखाउनुहोस् न त’ भन्दा ओझाको यस्तो जवाफ 
‘१० लाख नाफाको कुरा के हो ?’ राइले पुन प्रतिप्रश्न गरे । जफावमा ओझाले गाडीकोढुवानी, भन्सार, गोदाम खर्च, विज्ञापन खर्च, लगायतका खर्च हो भनेपछि राइले पुन: सोधे, ‘त्यसो भए त्यो खर्च कति हुँदोरहेछ, जनतालाई देखाउनुहोस् न त !’ जवाफमा उनले त्यसरी कम्पनीको खर्च देखाउन नमिल्ने बताए । उनको जवाफ चित्त नबुझेपछि राइले वातावरण हेरेर आफुले पनि गाडी फिर्ता गर्ने दिन आउन सक्ने बताएका थिए । 
अर्थ सरोकार अटो अपरेशनका यी सामाग्री छुटे कि ?

अपरेशन नम्बर ५  : 
अपरेशन नम्बर ४ : 
अपरेशन नम्बर ३ :

अपरेशन नम्बर २ : 

अपरेशन नम्बर १ : 



`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="'+ fisrc +'"]').hide();
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: