Skip to content

सुन तस्करीमा संलग्न १२ जना सार्वजनिक

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता  
काठमाडौं – प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ३३ किलो सुन तस्करीमा संलग्न रहेका १२ जनाको नाम सार्वजनिक गरेको छ । दुबईबाट अवैध सुन काठमाडौं ल्याउन सहयोग गर्ने नेपाल प्रहरीका एसएसपी श्याम खत्री सहित १२ जनाको नाम केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले सार्वजनिक गरेको हो । 
सुनकाण्डमा संलग्न हुनेमा गोपालबहादुर शाही, विमानस्थलमा उनीसँग सुन लिने आएका दीनबन्धु थापा, सन्तोष काफ्ले र रामहरि कार्की रहेका छन् । त्यस्तै भन्सार कर्मचारी श्रीनारायण यादव राजकुमार ढकाल र श्यामकृष्ण श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सुनकाण्डमा संलग्न रहेका राजेश शाक्य, सुनिल श्रेष्ठ, सपन श्रेष्ठ र मनोज श्रेष्ठलाई पनि पक्राउ गरिएको सीआईबीका निर्देशक डीआईजी नवराज सिलवालले जानकारी दिए । 
उनले चार जनाले दुबईमा नै रहेर सुनकाण्डमा सहयोग गरेको खुलेको बताएका छन् । दुबईमा नै रहेर काम गरिरहेकाहरु हरिशरण खड्का, रोशन भुसाल, अर्जुनप्रसाद खरेल र भोला मगरलाई पक्राउ गर्न रेडकर्नर नोटिस जारी गरिएको उनले बताए । 
डीआईजी सिलवालले सुन तस्करीमा संलग्न मुख्य अभियुक्त अझै पत्ता लगाउन नसकिएको बताए । प्रारम्भिक अनुसन्धानबाट यी तथ्य खुलेको छ । थप अनुसन्धान भइरहेको छ । जरैसम्म पुग्न सकेको छैनु उनले भने ुपक्राउ परेकाहरुसँगको बयानका आधारमा खोजी भइरहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्