- अर्थ सरोकार सम्वाददाता
काठमाण्डौ – साताको पाचौ दिन बिहिबार सुनचाँदीको मूल्य स्थिर छ। बुधबार प्रति तोला ५४ हजार ९ सयमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज पनि सोहि मुल्यमा कारोबार भईरहेको छ ।
त्यस्तै चांदी स्थिर रहदै प्रति तोला ७ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ।
नेपाल सुनचाँदी महासंघले बिहिबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४७ हजार ७० रुपैयाँ तोकेको छ भने चांदी प्रति १० ग्रामको मूल्य ६ सय ७३ रुपैयाँ कायम गरेको छ।