×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उत्तरकोरियाले अमेरिकी बैंकबाट करोडौं डलर गायव गरेको आसंका

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

उत्तरकोरियाले अमेरिकी बैंकबाट करोडौं डलर गायव गरेको आसंका

११ चैत्र २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम



एजेन्सी – गतवर्ष न्युयोर्क स्थित फेडरल बैंकमा रहेको वंगलादेशको खाताबाट चोरी भएको रकम उत्तरकोरियाले गायव गरेको हुनसक्ने आसंका गरिएको छ । अमेरिकि अभियोजकहरुले सो रकम गायव पार्नेमा उत्तरकोरियाको हात रहेको हुनसक्ने अनुमान गरेका छन् ।

अमेरिकी अखवार वाल स्ट्रिटका अनुसार वैंकबाट गायव गरिएको रकममा चिनिया विचौलियाको हात रहेको हुनसक्ने पनि अनुमान गरिएको छ । गतवर्षको फेव्रुअरीमा न्युयोर्क फेडरल वैंकबाट ८.१ करोड डलर फिलिपिन्सको खातामा ट्रान्सफर गरिएको थियो ।
यो ट्रान्सफर कुनै ह्याकिङका माध्यमबाट भएको थिएन । बरु वैंकको स्विफ्ट सिष्टममा अनाधिकृत इन्टरनेशनल बैंकिङ एक्सेस कोर्डको प्रयोग गरिएको थियो । उत्तरकोरियामाथि कसरी आरोप लगाइयो भन्ने वारे कुनै प्रमाण भने पेस गरिएको छैन । न्यायमन्त्रालयले पनि यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।
अमेरिकको यो वैंकबाट डलर ट्रान्सफर गरिएको विषयमा उत्तरकोरियामाथिको आरोप सद्दाम हुसेनसंग प्राणघातक हतियार रहेको प्रचारकै शैलिमा आएको छ । अमेरिका र उत्तरकोरियावीच तनाव वढेकै वेला अमेरिकाले विना कुनै प्रमाण उत्तरकोरियामाथि बैंकिङ रकम ट्रान्सफरको आरोप लगाएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी