
- अर्थ सरोकार सम्वाददाता
काठमाडौं – समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दैछ । सिंहदरबारमा बस्ने बैठकमा संसदीय दलका नेता एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक घटनाक्रमका विषयमा जानकारी गराउने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ । लगत्तै प्रधानमन्त्री प्रचण्डले आज यूएस आर्मी जनरलसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
अमेरिकी जलसेनाका प्रमुखसँगको भेट बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटरमा हुनेछ। त्यस्तै १०ः३० बजे प्रधानमन्त्रीले बौद्ध दर्शन प्रर्वधन तथा गुम्बा बिकास समितिका प्रतिनिधिसंग भेटवार्ता गर्ने प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
प्रधानमन्त्रीले बिहान ११ बजे नेपालका लागि संयुक्त अरब इमिरेट्स यूएईका राजदूतसँग भेटवार्ता गर्नेछन् । त्यस्तै दिउँसो ३ बजे प्रचण्डले जापानी पूर्व प्रधानमन्त्री डाक्टर युकियो हातोयोहासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्