
- अर्थ सरोकार सम्वाददाता
काठमाण्डौ – प्रधानमन्त्री प्रचण्डको बोआओ फोरममा भाग लिन आजै चीन भ्रमणमा निस्कदैछन । तर,यता भने प्रधानमन्त्री विदेश भ्रमणमा रहँदा कार्यबाहक प्रधानमन्त्री को बन्ने भन्ने विषलाई लिएर सरकारमा सहभागी दुई उपप्रधानमन्त्रीबीच लफडा लफडा मच्चिएको छ ।
निधिलाई दोस्रो वरियतामा राख्न देउवाले दवाव दिएपछि प्रधानमन्त्री दाहालले बुधवार बिहानै अर्का उपप्रधानमन्त्री कमल थापालाई वालुवाटार बोलाएर छलफल गरेका छन । स्रोतका अनुसार,थापाले आफू पहिले पनि उपप्रधानमन्त्री भइसकेकाले पहिलो पटक उपप्रधानमन्त्री भएका निधि भन्दा मर्यादामा माथि हुनु पर्ने तर्क गरेका थिए ।
यता यही विषयलाई लिएर अर्को उपप्रधानमन्त्री विमलेन्द्र निधिले आफूलाई कमल थापाभन्दा तल्लो दर्जामा राखिए सरकार छाड्नेसम्मको धम्की दिएका छन । हिजो बुधवार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न पुगेका निधिले प्रधानमन्त्री भन्दा पछिल्लो वरियतामा आफूलाई नराखे सरकार छोड्नु पर्ने अवस्था आउन सक्ने चेतावनी दिएका हुन् ।
‘सरकारमा सहभागि भएका दल मध्ये कांग्रेस सबैभन्दा ठूलो र संसदको पनि ठूलो दल हो । गठबन्धनमा कांग्रेसबाट सरकारको नेतृत्व गर्नेलाई वरियतामा तल राखिए आपमानित महुसुस हुनेछ भन्ने बुझ्नु पर्छ’ निधिको भनाई उद्धृत गर्दै एक मन्त्रीले भने‘यसलाई सच्याउनु भएन भने सरकारमा रहने विषयमा सोच्नु पर्ने हुन्छ ।’
यसअघि मंगलवार साँझ कांग्रेस सभापति देउवाले पनि प्रधानमन्त्री दाहालसमक्ष निधिलाई कार्यवाह प्रधानमन्त्री बनाउन दवाव दिएका थिए । मन्त्रिपरिषदमा प्रधानमन्त्री भन्दा पछिल्लो मर्यादाक्रममा कमल थापालाई राखिएकोमा देउवाले आपत्ती जनाएका छन । कमल थापा उपप्रधानमन्त्री नियुक्त भएपछि मन्त्रिपरिषदको बैठकमा उनी प्रधानमन्त्री पछिको वरियतामा रहंदै आएका छन् ।
निधि भारत भ्रमणमा रहेका बेला बसेको मन्त्रिपरिषद बैठकमा थापालाई प्रधानमन्त्रीपछिको आसनमा राखिएको थियो । थापालाई दोस्रो वरियतामा राखेपछि वाणिज्यमन्त्री रोमी गौचन थकालीले मन्त्रिपरिषद बैठक बहिस्कार गरेर हिडेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्