
- अर्थ सरोकार सम्वाददाता
काठमाण्डौ – संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितको संघीय गठबन्धले सरकारलाई दिएको समर्थन फिर्ता लिएर स्थानीय चुनाव हुन नदिने बताइरहेका बेला यसमा आबद्ध दलहरुले जिल्लास्थित निर्वाचन कार्यालयमा दल दर्ता गराएको पाइएको छ ।
संविधान संशोधनविना कुनै पनि हालतमा स्थानीय चुनाव हुन नदिने बताउँदै आएका संघीय समाजवादी फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी, तराई मधेश सद्भावना पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी, मधेसी जनअधिकार फोरम गणतान्त्रिकलगायतका दलहरु दर्ता भएको जिल्ला निर्वाचन कार्यालय धनुषाले जनाएको छ ।
राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी भने दर्ता भएको छैन । कार्यालयका अनुसार सबैभन्दा पहिले उपेन्द्र यादवको समाजवादी फोरम दर्ता भएको थियो । जिल्ला निर्वाचन अधिकृत पुष्पा झाका अनुसार ३ लाख ९५ हजारभन्दा बढी मतदाता रहेको धनुषमा ३६ दल दर्ता भएका छन् । अहिले मतादाता नामावलीलाई अन्तिम रुप दिनुका साथै राजनीतिक दलहरुको विवरण अध्यावधिक र मतदान केन्द्र पुनरावलोकनको काम भइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्